महोत्तरी । नगरस्तरीय विभिन्न ७ पदको लागि हुने भनिएको गौशाला नगरपालिकाको नेपाली काँग्रेसको मतदान प्रक्रिया अन्तिम समयमा आएर स्थगित भएको छ । विहीबार हुने भनिएको नेपाली काँग्रेसको नगरस्तरीय अधिवेशनको लागि हुने भनिएको मतदान स्थगित भएको हो ।
पार्टीको नगरसभापतिको लागि राजकुमार श्रेष्ठ र विरेन्द्र चौधरीवीचमा हुने मतदान प्रक्रिया समय अपुगको कारण स्थगित भएको मतदान अधिकृत दायाराम यादवले बताए । दुवै प्रतिष्पर्धीले सहमति जनाएपछि शुक्रवार विहान ९ बजेसम्मको लागि मतदान प्रक्रिया स्थगित भएको अधिकृत यादवले जनाएका छन् ।
https://www.facebook.com/104607344773010/videos/4558354484255801
हामीहरुको अन्तिम समय सम्म सहमतिको प्रयास जारी रहेनछ, जसको निम्ति नेताहरु प्रक्रियामै रहेको नगरसभापतिका उम्मेदवार विरेन्द्र चौधरीले जानकारी दिए ।
उनले भने, शुरुमा तीनजनाको नाम प्रस्तावित रुपमा अगाडि बढिएको थियो । पछि एक जनाले अन्तिम समयमा आएर उम्मेदवारी फिर्ता लिएका हुन । आज दुई जनावीचमा सहमति हुन नसकेपछि निर्वाचन प्रक्रियाको तयारी गरिएको थियो ।’
यता नगरसभापतिको अर्को दावेदारीको रुपमा उम्मेदवार दिएका राजकुमार श्रेष्ठका अनुसार साथीहरुको सल्लाह अनुसार नै चुनावी प्रक्रिया तत्कालको लागि स्थगित गरिएको हो ।
उनले भने,‘अव भोली निर्वाचन प्रक्रियामार्फत नै नगरस्तरीय समिती चयन हुने भएको छ । नेपाली काँग्रेस पुर्णता प्रजातान्त्रिक पार्टी भएकोले यसबाट आफुले निकास पाउनेछु ।’
नेपाली काँग्रेसको गौशाला नगरपालिकाको ७ सदस्यीय समिती चयनको लागि १५ जनाले विभिन्न पदको लागि उम्मेदवारी दिएका हुन । समितीको नगरसभापतिको लागि राजकुमार श्रेष्ठ र विरेन्द्र चौधरी, उपसभापति २ जनाको लागि विरेन्द्र साह कलवार, रामपुकार यादव, जयकिशोर साह र लक्ष्मण महतो, २ जना सचिवको लागि वद्री श्रेष्ठ, रामभरोस यादव, श्यामबाबु श्रेष्ठ र हरिश्चन्द्र महतो रहेका छन् । त्यस्तै २ जना सह सचिव पदको लागि चन्द्रमोहन कनौजिया, रामकुमार महतो, धनश्याम महतो र राकेश कुमार सिंहको उम्मेदवारी परेको निर्वाचन समितीले जनाएको छ ।
यता महोत्तरीको १५ पालिकामध्ये ७ पालिकामा नगरसभापति चयन भएको जिल्ला सभापति महेन्द्र कुमार रायले बताए । शिरीष न्युज महोतरीसहकर्मी सँग कुराकानीको क्रममा दिएको जानकारी अनुसार भंगहामा रुपनारायण चौधरी, महोत्तरीमा दिलीप चौधरी, मटिहानीमा रामपदार्थ साह, सम्सीमा विपीन विहारी यादव, सोनमामा उदय यादव, रामगोपालपुरमा हरिकिशोर महतो र औरहीमा जोगी यादव नगरसभापतिको रुपमा चयन भएको हो ।
https://www.youtube.com/watch?v=sKWeYeYxQ7I