
जनकपुरधाम - बलात्कार आरोपमा फरार रहेका सिरहाको लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतो प्रहरीमा हाजिर भएका छन् । शुक्रबार उनी कानुन व्यवसायी मार्फत लहान प्रहरीमा हाजिर भएका हुन् ।
प्रहरीले महतोलाई नियन्त्रणमा लिएको सिरहाका प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए । उनका अनुसार उनको स्वास्थ्य परीक्षणका लागि लहानस्थित प्रादेशिक अस्पताल पठाइएको छ । महतोको स्वास्थ्य परीक्षणपछि अनुसन्धान पूरा नभएसम्म थुनामा राखिने डीएसपी बुढाथोकीले बताए
गत जेठमा १९ गते जागिरको प्रलोभन देखाई २१ वर्षीय महिलामाथि बलात्कार प्रयास गरेको उनीमाथि आरोप छ । ती महिलाले साउन ४ गते प्रहरीमा जाहेरी दिएकी थिइन् । जाहेरी परेका खबर पाएपछि उपप्रमुख महतो सम्पर्कविहीन भएका थिए । उनी करिब दुई महिनापछि प्रहरीमा हाजिर भएका हुन् ।
गृह मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत व्यक्तिगत घटना दर्ता शिविर सञ्चालन गर्न अपरेटर पदका लागि कर्मचारी आवश्यकताको विज्ञापन गरिएको थियो ।