
विशाल बस्नेत/महोत्तरी
महोत्तरीमा सिफारिस परेका धेरैजसो वहालवाला जनप्रतिनिधि छन् । बर्षौसम्म एकै ठाउँमा जितेका नेताहरुलाइ पुनः पाटीले सिफारिस गरेपछी पाटीको भन्दा जनप्रतिनिधिको निक्कै लेखाजोखा वढेको छ ।
आसन्न प्रदेश र संघको निर्वाचनको मिति नजिकिरहदा अघिल्लो निर्वाचनमा नया अनुहार भन्दा पनि पुराना अनुहारको नै टिकट लिने होडवाजी छ ।
देखावटी लोकप्रियता देखाउन कतिपय जनप्रतिनिधिले एउटै नाम जिल्लाका ४ वटै क्षेत्रवाट सिफारिसमा राख्न लगाएका छन् । अहिलेका मधेश प्रदेशका संघिय मामिला सुचना संचार तथा गृहमन्त्री भरत प्रसाद साहले जिल्लाको चारै क्षेत्रवाट नाम राख्न लगाएका हुन ।
अघिल्लो निर्वाचनमा क्षेत्र १ ख वाट प्रदेशसभामा विजयी भएका साहले अहिले संघमा नै ताकेका छन । त्यसो त मन्त्री भरत साह मात्र टिकटको दाउपेचमा लागेका एक्ला नेता भने पक्कै हैनन पुर्व उपप्रधानमन्त्री समेत भएका सरद सिंह भण्डारीको नाम जिल्लाको ३ वटा क्षेत्रवाट संघको उम्मेदवारको लागी सिफारिस भएको छ ।
अघिल्लो निर्वाचनमा क्षेत्र न.२ वाट संघमा जित हाशिल गरेका सरद सिंह भण्डारी पुन: सोही क्षेत्रवाट लडने लगभग पक्का भएपनी नाम भने अन्य क्षेत्रवाट पनि सिफारिसमा परेका छन ।
मधेश प्रदेशमा नै सवैभन्दा बढी मन्त्री वनेका भण्डारीले दर्जनौ पटक संघमा विभिन्न मन्त्रालय समहालीसकेका छन । महोत्तरीमा नै जितेर सरद सिंह भण्डारी मात्र हैन गिरिराजमणि पोखरेल, महन्थ ठाकुर पनि संघमा मन्त्री वनेका थिए ।
चुनावमुखी हुने तर कामको माखो नमार्ने आरोप खेपीरहेका नेताहरुलाइ जन्ताले भने फरक ढङगले हेरिरहेको पाइएको छ । हरेक निर्वाचनमा आफ्नो स्वविवेकलाई स्वेच्छाचारी वनाउदै आएका सर्वसाधारणले आफ्नो भाग्य र भबिष्यको निर्मातामा पुरानालाइ बिस्थापन गर्ने त हैनन भन्ने पनि थुप्रै अडकलवाजी छन ।
अघिल्ला जनप्रतिनिधिवाट खासै सन्तुष्ट वन्न नसकेका जन्ताले स्थानिय तहमा देखाएको स्वविवेकलाइ मात्र हेर्ने हो भने पनि नया अनुहारलाइ नै अनुमोदन गरेका छन तर काम गरेर देखाएका कतिपय पुराना जनप्रतिनिधिलाइ पाखा लगाएका भने हैनन ।
`जन्ता नया अनुहार हेर्न चाहान्छन भन्ने स्थानिय तहको निर्वाचनले पनि पुष्टि गरेको छ ।´ स्थानिय देवध्वज बस्नेतले भने ।
लगातार २०६४ देखी जित्दै आएका नेता गिरिराजमणी पोखरेलले महोत्तरीमा राज गरेको १५ बर्ष भयो । झण्डै दुई दशकको अवधीमा पोखरेल कहिले स्वस्थ्यमन्त्री, कहिले सिक्षा, बिज्ञान तथा प्रबिधी मन्त्री वनिसकेका छन । तर शैक्षिक क्षेत्रमा देखिएका केही परिवर्तन वाहेक महोत्तरीका सर्वसाधारणले महसुस हुनेगरी खासै भुक्तभोगी वन्न सकेका छैनन ।
पोखरेल मात्र यस्तो आरोप खेपीरहेका एक्ला हैनन सरद सिंह भण्डारीका टिक्काटिपणी र गुनासाहरु पनि बाक्लै सुन्न सकिन्छ । भौतिक योजना तथा पुर्वाधार मन्त्री वनिसकेका भण्डारीले अन्य विकाश त टाढाको बिषय हो जिल्लाका सुदुर पालिकाहरुमा सडक संजालको विकाश समेत गर्न सकेनन ।
अहिलेपनी महोत्तरी रौतहटपछी कम साक्षर जिल्लामा पर्दछ । सामाजिक परिवर्तनमा समेत जनप्रतिनिधिको खासै भुमिका नदेखिएको महोत्तरीमा पुर्व जनप्रतिनिधिहरुको उम्मेदवारको अडानले पाटीभित्र पनि आन्तरिक किचलो बढीरहेको नेताहरु वताउछन ।
`टिकट जोसुकैले लिएर आउन तर यसपाली भोटमा भने पाटी भन्दा वढी ब्यक्तीको ब्याक्तित्व हेरिन्छ ।´ बर्दिबास नगरपालिकाका राज स्याङ्तान वताउछन् ।
जिल्लामा लोसपा, जसपा, काङ्ग्रेस, माओवादी केन्द्र, एमालेमा जनप्रतिनिधिसगै युवा नेताहरुको पनि नाम सिफारिस गरेको हुनाले टिकटमा पुराना जनप्रतिनिधिलाई भन्दा नयाँ अनुहारलाई अवसर दिनुपर्ने नेताहरुको तर्क छ ।
नेकपा एमालेका नेता चन्द्र वहादुर बिकले पुराना अनुहारले नया अनुहारलाई अवसर दिनुपर्ने तर्क गर्दै पाटीले यसतर्फ ध्यान दिन आग्रह गरे ।