
धनुषा-लक्ष्मीनिया गाउपालिका वडा नं ४ मा मिति २०८० श्रवण ३ देखि ५ गते सम्म तरकारी खेती तथा नर्सरी व्यवस्थापन सम्बन्धी ३ दने तालिम सम्पन्न गरिएको छ ।
FCA को सहयोगमा रतौली युवा क्लवद्वारा संचालित "सामाजिक आर्थिक सशक्तिकरण परियोजना" अन्तरगत जीवन ज्योति महिला समूह र जागरण महिला समुह दुवै समुहका २५ जना महिलाहरुको सहभागितामा संचालित तालिममा लक्ष्मिनिया गाउपालिका वडा न. ४ का अध्यक्ष रमेश कुमार साह, वडा सचिव पुनिता यादव, रतौली युवा कल्वका अध्यक्ष-मो. साकिर खान, कार्यकारी निर्देशक-बैद्यनाथ चौधरी, कार्यक्रम संयोजक कृष्णबहादुर भूल, जिबिकोपार्जन पर्यबेक्षक बिबेक कुमार र सामाजिक परिचालक संजय कुमार महतो सहितको उपस्थिति रहेको उक्त तालिममा उदित नारायण सिंहले सहजीकरण गर्नु भएको थियो।

तालिममा सहभागी सम्पूर्ण अथितिहरुलाई स्वागत गर्दै संस्थाका अध्यक्ष साकिर खानले संस्थाले समुदायको आर्थिक सामाजिक शसत्तिकरणका लागि उद्यमशीलता विकास, बजार व्यवस्थापन लगायतका यस्ता तालिम र सहयोगका कार्यक्रम गराउदै आएकोले सदस्यहरुले तालिम तथा सिपमुलक कार्यक्रम वाट पाएका सहयोग लाई ब्यवहारिक रुपमा लागु गरि आफ्नो व्यवसाय लाई दिगो रुपमा अगाडी वढाउन ध्यान दिनु पर्ने बारे प्रष्ट गरेका थिए ।
समुहका सदस्य कृषकहरुको माग र आवश्यकताका आधारमा मौसमी तथा बेमौसमी तरकारीको नर्सरी व्यवस्थापन तालिम सञ्चालन गरिएको र कृषकका खेत तथा बारीमा नै गएर प्रयोगात्मक प्रशिक्षण गरि तालिममा मुख्यगरी तरकारी खेती प्रविधि,रोगकिरा व्यवस्थापन,माटो तयारी ,नर्सरी व्यवस्थापन, जैविक विषादी वनाउने सीप, मलखाद व्यवस्थापन, खेतवारीको तयारी , कृषि उपज वजारीकरण, उधमशिलताका लागी गर्नुपर्ने काम र सिपहरु, कृषकलाई तरकारी लगाउने तरिका, बेर्नाको संरक्षण र रोपणलगायतका बिषयमा प्रशिक्षण प्रदान गरिएको परियोजना प्रमुख कृष्ण बहादुर भुलले जानकारी दिएका थिए ।
तालीमलाई सम्बोधन गर्दै प्रशिक्षक उदितनारायण सिंहले तालिममा जानेका कुरा व्यवहारमा उतारे मात्रै तालिकको औचित्य रहने हुदा तालिममा जानेका कुरा व्यवहारमा उतार्नु पर्ने बताएका थिए ।
समापन सत्रमा रतौली युवा कल्ब का कार्यकारी निर्देशक बैधनाथ चौधरीले तालिममा सहभागी सम्पुर्ण सदस्यहरुलाई शुभकामना ब्यक्त गदै तालिम पश्चाताप सबै सहभागी महिला समुहका सदस्यहरुलाई संस्थाको तर्फ बाट निशुल्क विभिन्न तरकारी का विउ सहयोग पनि गरिने र आजको आवश्यकता भनेको कृषिलाई घरायसी उपयोगका लागी मात्रै नगरेर प्रत्येक घर घर वाट तरकारी खेतिमा आत्मानिर्भर भई व्यवसाहिक रुपमै कृषि कर्ममा लाग्न र तालिममा सिकेका ज्ञान ,सिपलाई निरन्तर आपनो जिवनमा लागु गरी समग्र परिवार र समुदायको आर्थिक सम्बृद्धि तथा सशक्तीकरणमा जोड दिनुपर्ने धारणा राखेका थिए।
कार्यक्रममा आफ्नो भनाई राख्दै कार्यक्रमका प्रमुख अतिथी लक्ष्मीनिया गाउपालिका सचिब पुनित यादवले संस्थाले निरन्तर रुपमा सदस्यहरुको क्षमता अभिबृद्धिका लागी उधमशिलता, व्यवसायिक तरकारी खेति लगायतको तालिमहरुको आयोजना गरी सदस्यहरुलाई उधमी वन्न पे्ररित गर्न यो सिपमुलक तालिम आयोजना गरेकोमा सहयोगी संस्था FCA र रतौली युवा कल्वलाई विशेष धन्यवाद दिदै र सो को लागी वडा कार्यालयले समेत यस्ता कार्यक्रम निरन्तर सहयोग रहने बताएका थिय ।