
महोत्तरी - जिल्लाको मटिहानी नगरपालिकाको दुधमती नदीमा नवनिर्मित झोलुङ्गे पुलको उद्घाटन गरिएको छ। ४५ लाखको लागतमा निर्मित सो पुलको मेयर हरिप्रसाद मण्डलले बिहीबार उद्घाटन गरेका हुन्।

मटिहानी नगरपालिका-५ मा पर्ने गोबरौडा र घोरघासको बीचमा ३२ मिटर लम्बाइ सो पुलको निर्माण कार्य सम्पन्न भएको नगरपालिकाका इन्जिनियर विमलेश साहले बताए।

जनतालाई हरेक क्षेत्रमा सेवा पुर्याउन पालिका कटिबद्ध रहेको बताउँदै नगरप्रमुख मण्डलले सो पुल निर्माण भएपछि आम जनतालाई आवतजावत गर्नका लागि सहयोग पुगेको बताएको छ।

सोहीबीच मटिहानी र धनुषाको तुलसियाहीलाई जोड्ने बिग्ही नदीमा निर्माण हुने झोलुङ्गे पुलको शिलान्यास भएको छ। ४५ मिटर लम्बाइ रहेको सो पुल ६५ लाखको लागतमा निर्माण हुने नगरपालिकाको कार्यालयले जनाएको छ।
