
महोत्तरी - महोत्तरीको गौशाल नगरपालिका ५ स्थित रहेको रेडियो जुनतारा १०३.४ मेगाहर्जले आज बिश्वकर्मा पुजा र जितिया पर्वको अवसरमा पत्रकार अन्तरक्रिया कार्यक्रम गरी आफ्नो चाैथाेे वार्षिकोत्सब मनाएको छ।
बिकासका लागि उज्यालो नेपालद्वारा संचालित रेडियो जुनतारा १०३.४ मेगाहर्जले आफ्नो तेश्राे वर्ष सफलता पुर्वक पार गरी चौथाे वर्षमा प्रवेश गरेको छ।
रेडियोले आगामी दिनमा जनताको आवाज बन्नका लागि प्रयासरत रहने संस्थाका अध्यक्ष निरन्जन साहले बताए।
रेडियोबाट हाल प्रसारित कार्यक्रमलाई जनस्तरमा पुर्याउन सबै रेडियोमा कार्यरत कर्मचारीलाई निर्देशन दिदै अव रेडियो बिकासमा कोसेढुङ साबित हुनु पर्नेमा जोड दिए।
रेडियो जुनताराले अहिले दैनिक १९ घण्टा समाचार ,सुचनामुलक, मनोरञ्जनात्मक कार्यक्रम प्रसारण गर्दै आएको छ।