
भैरहवा- सिद्धार्थ राजमार्ग को बुटवल पाल्पा सडक खण्ड मा पर्ने तिनाउ गाउँपालिका को निकासी र तानसेन नगरपालिका को बस पार्क वाट आश्विन १३ गते राजमार्ग मा चेक जाचँ को क्रम मा विभिन्न अवैध समान पाल्पा प्रहरी ले बरामद गरेको छ।

बरामद गरिएको सम्पुर्ण सामान को अनुमानित मुल्य २ लाख ७५ हजार ८ सय ६० रहेको र चालक, सवारीसाधन र सम्पुर्ण सामान अनुसन्धान र कार्वाही को लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पा ले जनाएको छ।

बुटवल वाट पाल्पा तर्फ जाँदै गरेको वाग्मति प्रदेश ०१०२५ च १९८७ नम्वर को पिकअप भ्यान लाई प्रहरी चौकी दोभान वाट खटिएको प्रहरी टोली ले राजमार्ग मा चेक जाचँ को क्रम मा विल भौचर नभएको विभिन्न समान बरामद गरेको छ। बरामद गरिएको समान हरु मा क्याटिक सोडा ८ बोरा, टायल किलिनर ४०१ थान, फिनेल ७४ थान र हार्पिक २० थान रहेको र सम्पुर्ण समान को अनुमानित मुल्य ८७ हजार ६ सय ६० रहेको जनाइएको छ।

त्यसतै बुटवल वाट पाल्पा जादैँ गरेको लु ३ च १०७० नम्वर को पिकअप भ्यान लाई अस्थाई प्रहरी बिट बसपार्क वाट खटिएको प्रहरी चोली ले चेक जाँच गर्ने क्रम मा विल भौचर नभएको अनुमानित १ लाख ८८ हजार २ सय को प्लाष्टिक वाट बनेको विभिन्न सामग्री बरामद गरेको छ। बरामद गरिएको समान हरु मा प्लाष्टिकको गमला ४८६ थान, प्लाष्टिकको पिर्का १२० थान,
प्लाष्टिकको जाली सहितको भाडा राख्ने गमला ४० थान र प्लाष्टिकको म्याट थान २४० थान रहेको जिल्ला प्रहरी कार्यालय पाल्पा ले जनाएको छ।