
महोत्तरी- संविधान दिवसको अवसरमा औरहीमा वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको छ।
आज बिहान औरही नगरपालिका १ स्थित रहेको प्रहरी चौकी औरहीमा प्रहरी चौकीका इन्चार्ज असई रोशन लामिछाने लागयत प्रहरीहरुले वृक्षारोपण कार्यक्रमको आयोजना गरि दिवस मनाएका हुन् ।
प्रहरी चौकीको वरिपरी विभिन्न प्रजातीका बिरुवा रोपेर वृक्षारोपण गरिएको छ । साथै बेलुका दीप प्रज्वल समेत गरी दिवस मनाएका छन् । तस्विर : धर्वेन्द्र कुमार यादव 'यदुवंशी'












