
काठमाडौं- काठमाडौंको गोठाटारमा सर्लाहीका एक व्यवसायीको गोली हानी हत्या गरिएको छ ।
सर्लाहीको हरविन नगरपालकिा-२, घर भई गोठाटारमै गार्मेन्ट व्यवसाय सञ्चालन गर्दै आएका ५५ वर्षीय लाल मोहम्मद भन्ने मोहम्मद दर्जीको हत्या भएको छ ।
आज साँझ घटनामा ४ राउण्ड गोली चलेको बताइएको छ । दर्जीलाई टाउकोमा दुई राउण्ड, दायाँ हातमा एक राउण्ड र दायाँ तघ्रिामा १ राउण्ड गोली लागेको बताइएको छ।
सोमबार कागेश्वरी मनोहरा नगरपालिका-८ स्थित गोठाटार कृष्ण मन्दिर नजिकै अपरिचित व्यक्तिले दर्जीमाथि गोली प्रहार गरेका थिए ।गोली प्रहारबाट घाइते भएका दर्जीको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सर्लाहीको हरिवन घर भएका उनले गोठाटारमै एभेन्जर इन्टरप्राइजेज गार्मेन्ट सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ ।
उनलाई तीन गोली लागेको बताइएको छ । घटनास्थलमा एउटा पेस्तोल र गोलीका केही खोका भेटिएको छ । गोली हान्ने तीनजना रहेको बताइएको छ ।
तीन राउन्ड गोली चलेको प्रत्यक्षदर्शीले बताएका छन् । प्रहरीले नाका सिल गरेर आक्रमणकारीको खोजी गरिरहेको छ ।