
महोत्तरी - सत्यनारायणलाल कर्ण उमेरले ७० बर्ष पुगे । उन्का एक छोरी र दुई छोरा छन । २०४७ साल तिर छोरी निलम देवि लाइ कर्णले भारतमा विवाह गरिदिए । विवाह गर्दा लागेको ऋण र दाइजोमा भएको जग्गा जमिन दिएपछी कर्ण पुर्णरुपमा घरवारविहीन वने ।

कान्छा छोरा सन्तोष कर्ण भारतमा गएका थिए । तर अहिलेसम्म उनी फर्किएका छैनन । घरवाट हिडेको २२ बर्ष भयो । जेठा छोरा सन्जयलाल कर्ण उनीसगै थिए तर श्रीमती समेत वितिसकेपछी बिस्तारै कर्ण तिरस्कृत वन्दै गए ।
अहिले छोरा सिन्धुलीको एक निजि विध्यालयमा पढाउछन । परिवार उतै राखेर छोराछोरीको पठनपाठन समेत उतै गराउदै आएका छन ।

सत्यनारायण छोरा-बुवारीको वास्तै वन्न छाडेपछी एक्लो महसुस गर्दै गए यतिकैमा रामजानकी कुटी कर्णको सवथोक वनेको छ। साहारा विहिन भएको अवस्थामा महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट करिब २७ किलोमीटरको उत्तर तर्फमा रहेको औरही नगरपालिकाको वडा न. २ स्थित रहेको श्री प्रसाद सिंह माबि बिधालय कै छेउमा रहेको रामजानकी कुटी कर्णको लागी पुर्ण साहारा वनेको छ ।
सत्यनारायणका लागी मात्र हैन । वृद्ध उमेरका औरही नगरपालिका भित्र वस्ने जोकोहीको लागी रामजानकी कुटी सहारा वन्दै गएको छ ।

कहिलेकाही सत्यनारायण जस्तै अन्य वृद्धहरु पनि घरमा झगडा भएपछी मन बहलाउन यतै आउछन ।´ कुटीका संरक्षक तथा महन्थ सम्भु दासले भने ।
कुटीमा भोजनको लागी नगर वा स्थानिय सरकारको कुनै सहयोग छैन । पारिवारिक बेमेल सिर्जना भएर कुटीमा साहारा खोजीरहेका केही वृद्धहरुको नै सहयोग रामजानकी कुटीको दौलत हो । अनि यही दौलत साहारा विहिनहरुको साहारा वन्दै छ।
मन्दिरको पश्चिमतर्फ बिघौ जग्गामा फैलिएको पोखरी छ । जस्को सौन्दर्यकरणको जिम्मेवारी नगरपालिकाले लिएको छ । तर यो पोखरी रामजानकीको भने हैन । नगरपालिकाको स्वामित्वमा रहेको यो पोखरीको रेखदेख नगरवाट हुन्छ तर रामजानकी कुटी त्यतिकै वेवारिसे वनेको छ ।
कुटीभित्र राम,जानकी, हनुमान,माहादेव र राधाकृष्णको समेत मुर्ती छ । स्थानियहरु विहानै दर्शन गर्न जान्छन, पुजापाठ गर्छन, कतिपय दर्शन गरेर फर्कन्छन भने कतिपय भोजन पनि उतै गरेर फर्कन्छन ।
औरही नगरपालिकाको लागी रामजानकी कुटीको ईतिहास निक्कै लामो छ । पहिले यो कुटी यही ठाउँको पुर्वतर्फ थियो । पछी ओइलानी जग्गामा यो कुटी निर्माण गरिएको कुटी तथा मन्दिरका महन्थ सम्भु दासको भनाइ छ ।
महन्थ सम्भु दास यो कुटीको आफैमा इतिहास हुन । आजिवन ब्रहमचारी वन्ने घोषणा गरेका दासले नै यो कुटीलाइ हुर्काउदै र फैल्याउदै ल्याएका हुन ।
कुटीको नाममा ३ दशक अगाडी गाउँ कै जमिन्दारले दिएको अलीपर ९ कठ्ठा ५ धुर जग्गा छ । तर गाउँ कै सुशील यादवले उक्त जग्गा भोगचलन गर्दै आएका छन ।

महन्थ दासका अनुसार यादवले त्यो जग्गामा अहिले मोहियानी हक लगाएका छन । कुटीको नाममा रहेको उक्त जग्गाको आधा अंसियार वनेर हत्याउन खोजी रहेको महन्थ दासको आरोप छ ।
कुटी संरक्षक समितिले सुशील यादवका विरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा समेत हालेका छन । महन्थ दास आफै पटक-पटक अदालतको ढोका ढकढक्याउन पुगेका छन । तर अहिलेसम्म सुनुवाइ नभएको उन्को गुनासो छ ।
महोत्तरीका उत्तरवर्ती क्षेत्रमा रहेका पालिकाहरु बर्दिबास, गौशाला जस्ता पालिकाका स्थानियहरु सदरमुकाम जलेश्वरसम्म पुग्न यही वाटो प्रयोग गर्दछन ।
अहिले आवतजावत गर्ने सडक पक्की वनेपछी जिल्लाका उत्तरी क्षेत्रका वासिन्दा लाइ यो सडक नै सवैभन्दा उपयोगी वनेको छ।
त्यसैले यही सडक भएर आवतजावत गर्ने मानिसहरुका लागी यो कुटी थकाइ मार्ने चौतारा समेत वनेको छ । बिघौ जग्गामा फैलिएको छेउमा नै रहेको पोखरीले कुटीको सौन्दर्यलाइ थप सोभा प्रदान गरेको छ ।
पोखरीमा स्थानिय सरकारले डुङगा तथा मनोरञ्जनको व्यवस्था गरे औरही नगरपालिकाको लागी यो कुटी पर्यटकको लागी आकर्षण समेत वन्ने देखिन्छ ।