
जनकपुरधाम- जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव असोज १२ गते जनकपुरधाम आउने भएका छन् ।
जसपाले धनुषाको निर्वाचन क्षेत्र नम्वर २ मा आयोजना गर्न लागेको विशाल आम सभा र पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन उनी जनकपुरधाम आउन लागेको जनाइएको छ ।
असोज १२ गते शहीदनगर नगरपालिकामा आयोजना हुने प्रवेश कार्यक्रममा अन्य पार्टीका ठूला नेताहरु नै जसपामा प्रवेश गर्ने जनाइएको छ । क्षेत्र नम्वर २ को तीनकौरिया चोकमा नेकपा एमालेले गरेको प्रवेश कार्यक्रम सकेको एक सप्ताह नै नवित्दै जसपाले विभिन्न पार्टीका ठूला नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउने कार्यक्रम रहेको जनाइएको छ ।
शहीदनगर नगरपालिकामा यस भन्दा पहिला माओवादी केन्द्रका नगर प्रमुख थिए भने अहिले जसपाको नगर प्रमुख छ र त्यहा उनको बढ्दो लोकप्रियताका कारण अन्य दलका नेता कार्यकर्ताहरु जसपामा प्रवेश गर्न लागेको जनाइएको छ ।