सर्लाही – गएको साउन अन्तिममा लखन्देही खोलामा टाउको र रानिगन्ज जंगलमा शरीर फेला परेका भारतीय युवकको हत्यामा संलग्न रहेका अर्का भारतीय युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
हरिवन नगरपालिका-४, स्थित पूर्व पश्चिम राजमार्गको लखन्देही पुलमुनि घाँटी भन्दा तलको भाग काटिएको अवस्थामा बेवारिसे पुरुषको टाउको मात्रै फेला परेको थियो । त्यसको दुई दिनपछि लालबन्दी नगरपालिका–१७, स्थित पूर्व पश्चिम राजमार्ग नजिक रानिगन्ज जंगलमा टाउको भन्दा तलको शरीर फेला परेको थियो ।



उक्त टाउको र शरीर भारतको सितामढी थाना पुरौना भिलेज पोष्ट मनियारी वडा नं. ५ बस्ने २३ वर्षीय गोलु भन्ने अभिषेक राजको रहेको भनी पछि परिवार आएर पुष्टी गरेका थिए ।
अभिषेकको हत्यामा संलग्न रही फरार रहेका भारतको सितामढी सोनवर्षा थाना ग्राम पंचायत पुरनदहा राजवडा पश्चिम वडा नं. ५ बस्ने २७ वर्षीय रन्जित कुमार बैठालाई प्रहरीले पक्राउ गरेको हो ।
बैठालाई सदरमुकाम मलंगवा नगरपालिका–८, गोरखकालीस्थित नेपाल–भारत सीमा दशगजा नजिकै लागिरहेको महायज्ञ मेलामा घुमिरहेको अवस्थामा पक्राउ गरिएको सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक श्रेष्ठले जानकारी दिए ।
डिएसपी श्रेष्ठले बैठालाई सर्लाही जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखेर विभत्स हत्याको घटनाका सम्वन्धमा थप अनुसन्धान भइरहेको बताए ।
यो पनि पढ्नोस्
गर्दन छिनाएको मानिसको टाउको भेटियो, शरीरको खोजी हुँदै
https://shirishnews.com/2023/08/10/43737/
गर्दन छिनाएको अवस्थामा भेटिएको मानिसको टाउकोलाई काठमाडौं पठाइँदै
https://shirishnews.com/2023/08/10/43757/
सर्लाहीमा गर्दन छिनाएको टाउकोमात्र फेला परेको युवकको शरीर पनि फेला पर्यो
https://shirishnews.com/2023/08/12/43864/
गर्दन छिनाएको अवस्थामा भेटिएको मानिसको टाउको को पहिचान भयो
https://shirishnews.com/2023/08/11/43797/





