
टंकबहादुर क्षेत्री/सर्लाही
हरिवन नगरपालिका अन्तर्गत महेन्द्र राजमार्गमा पर्ने लखन्देही पुल तल गिडिएको अवस्थामा फेला परेको पुरुषको टाउकोलाई काठमाडौं पठाइने भएको छ ।
सदरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पतालले पोष्टमार्टम गर्न नमानेपछि प्रहरीले उक्त टाउकोलाई सुरक्षीत रुपमा काठमाडौं
पठाउन लागेको हो। पोष्टमार्टम गर्नका लागि टाउकोलाई काठमाडौं पठाईन लागेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले जानकारी दिए । उक्त टाउकाको काठमाडौं पोष्टमार्टम गर्दा सहि रिपोर्ट आउने भन्दै मलंगवा स्थित प्रादेशिक अस्पतालका चिकित्सकहरुले मान्नु भएन', एसपी सुवेदीले यश पंक्तिकारसँग भने, 'त्यसैले टाउकोलाई काठमाडौं पठाउने तयारी गर्दैछौं ।'
प्रादेशिक अस्पताल मलंगवाका प्रमुख डा. नवलकिशोर झाले टाउकोको मात्र पोष्टमार्टम गर्न पर्ने भएकाले विशेषज्ञ भएको स्थानमै पठाउन प्रहरीलाई भनेको जानकारी दिए। 'हामीकहाँ तालिम लिएका एमबीबीएस डाक्टर साबहरुले मात्र पोष्टमार्टम गर्नुहुन्छ, डा. झाले उज्यालो अभियानसँग भने, 'त्यसैले सुविधासम्पन्न ठाउँमा दक्ष जनशक्तिबाटै पोष्टमार्टम गराउन प्रहरीलाई भनेका छौं।' हाल उक्त टाउको प्रादेशिक अस्पताल मलंगवाकै पोष्टमार्टम कक्षमा राखिएको छ ।

हरिवन नगरपालिका-४, सासापुरको लखन्देही पुलबाट करिब ५० मिटर दक्षिण खोला किनारमा शरिरबाट घाँटीमा गिंडर फालिएको टाउको मात्र फेला परेको थियो। विहिबार बिहान स्थानीयले देखेर खबर गरेपछि प्रहरीले जानकारी पाएको हो । अनुहार हेर्दा २०-२२ वर्षका युवक जस्तै देखिन्छ ।
टाउकोमा हिलो माटो लागेको देखिएपनि उक्त टाउको खोलाले नै बगाएर भने नल्याएको प्रहरीको अनुमान छ । 'अन्तै कतै काटेर त्यहाँ फालिएको हुनसक्ने वा सोही ठाउँमै टाउको काटेर शरीर अन्तै लगिएको हो भन्ने लगायत विभिन्न कोणबाट अनुसन्धान अगाडि बढाएका छौं', एसपी सुवेदीले पंक्तिकारलाई भने, 'अभियुक्तहरुले अन्तैबाट बगाएर ल्याएको हो भन्ने देखाउन माटो दलिदिएको पनि हुन सक्छ ।'
.
शरिरको अन्य भाग खोज्न तथा टाउकाको पहिचानका लागि लखन्देही खोला आसपास तथा जिल्ला स्थित अन्य स्थानका
सुरक्षाकर्मीलाई परिचालन गरिएको र छिमेकी जिल्लाहरुमा समेत घटनाबारे पत्राचार गरिएको एसपी सुवेदीले जानकारी दिए ।
'सर्वप्रथम टाउकाको पहिचान भएमात्र घटनाको नजिक पुग्न सकिने भएकाले पहिचानका लागि नै प्राथमिकतामा राखेर अनुसन्धान अगाडि बढाईएको छ ।एसपी सुवेदीले भने ।
विशेषगरि टाउको फेला परेको स्थान हेर्ने ईलाका प्रहरी कार्यालय हरिवनको टोलीलाई अनुसन्धान एवं खोजतलासमा व्यापक रुपमा खटाईएको छ । शरिरको खोजतलास गर्न तथा टाउकाको पहिचान खुलाउन आफ्नो एरियाका सबै ठाउँहरुमा विभिन्न टोली नै बनाएर खटाईएको ईलाका प्रहरी कार्यालय हरिवनका प्रमुख प्रहरी निरिक्षक शिवराम थापाले जानकारी दिए ।
घाँटीमा धारिलो हतियारले छिनालेको अवस्थामा युवकको सग्लो टाउको मात्र फेला परेपछि सम्बन्धित सुरक्षा अधिकृतहरु माथि ठूलो
चुनौती देखिएको छ । नहुनु घटना भईगो, यथाशिघ्र अपराधीहरुको पहिचान गरि न्यायको कठघरामा उभ्याउँदै जतिसुकै लुकाएर अपराधकर्म गरेपनि प्रहरीले पत्ता लगाउन सक्छ भन्ने सन्देश छर्ने अवसर समेत सुरक्षा अधिकृतहरुलाई छ ।