
सर्लाहीको हरिवन नगरपालिका– ४ लखनदेइ खोलाको पुलमुनि गर्दन छिनाएको मानिसको टाउको भेटिएको छ ।
टाउको युवकको जस्तो देखिएको प्रहरीले जनाएको छ । उनको बाँकी शरीरको खोजी भइरहेको छ ।
युवकलाई कसैले हत्या गरेर फालेको हुनसक्ने प्रहरीको अनुमान छ । मृतकको पहिचान खुल्न सकेको छैन ।