धनुषा- ४५ वर्षीया श्रीमती जिवछी देवी मण्डललाई कोदोलो प्रहार गरि हत्या आरोपित मिथिलाविहारी नपा–५ ललिया बस्ने ५० वर्षीय रामा मण्डल केवटलाई जिल्ला प्रहरी कार्यालय धनुषाले असोज ९ गते गिरफतार गरेको छ ।
असोज ४ गते घरायसी विवादको क्रममा हत्या आरोपित पति रामा मण्डलले ललियास्थित बाँसघारीमा टाउकोमा कोदालो प्रहार गरि हत्या गरेको थियो ।



प्रहरीले घटनाको अनुसन्धानको क्रममा असोज ९ गते श्रीमतीको क्रियामा बसेको अवस्थामा श्रीमान रामा मण्डल केवटलाई घरबाटै गिरफतार गरेका हुन् ।
मृतक जिवछी देवी मण्डलको प्रादेशिक अस्पताल जनकपुरमा असोज ४ गते पोस्टमार्टम गरिएको थियो ।
रामा मण्डल र मृतक जिवछी देवीको २ छोराहरु २२ वर्षीय विनय मण्डल र कान्छो छोरा २० वर्षीय संजय मण्डल बैदेशिक रोजगारको सिलसिलामा कतारमा रहेको छ ।
घरायसी कामकाजको क्रममा ऋण लागेकोमा जेठो छोराले अन्दाजी .१८÷२० लाख रुपैया, विवाहमा दाइजोमा पाएको मोटरसाईकल तथा श्रीमतीको गर–गहना समेत बेची ऋण तिरेका थिए ।
कान्छो छोरा संजय मण्डल हाल बिदेशबाट कमाएको पैसा मृतक जिवछी देवी मण्डललको नाममा पठाउँदै गरेकोले बाँकी रहेको ऋण तिर्न पति रामा मण्डल केवटलाई असहयोग गरेको भन्दै पति र पत्नी विचमा विवाद भई घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदिप बहादुर क्षेत्रीले बताउनुभयो ।




