
विशाल बस्नेत/महोत्तरी
पर्यटहरुको स्वागतमा जुटेका महोत्तरीका होटल व्यवसायीहरु पर्यटकवाट नै असुरक्षित वनेका छन ।
धनुषावाट आएका ११ जना युवाहरुले सोमवार पानस होटलका संचालक रोशन कार्कीमाथी साङघातिक हमला गरेसगैं असुरक्षित महसुस गरेका हुन ।
पर्यटन दिवसको अवसरमा आन्तरिक र वाहय पर्यटकहरुलाइ १२ असोजसम्म होटल व्यवसायीहरुले खानामा १५ प्रतिशत र वस्नमा २५ प्रतिशत छुट दिइरहेका छन ।
सोही अफरलाइ मध्यनजर गर्दै नजिक र टाढावाट आउनेहरुको विशेषगरि वर्दिबासमा भिड बढेको छ । तर उछृङखल युवाहरुको समुहले होटल व्यवसायीहरुलाइ धम्क्याउने जस्ता गुनासो वढीरहेको वेला सोमवार आक्रमण नै भएपछी होटल तथा पर्यटन व्यवसायीहरुले त्यस्को घोर निन्दा गरेका छन ।
पैसा माग्ने क्रममा विवाद हुदा ती युवाहरु आफुमाथी आइलागेको पिडित कार्कीको भनाइ छ ।
`उनिहरु आफसमा झगडा गर्न थालेपछी होटलमा असान्त वढदै गयो त्यसपछि मैले पैसा दिनुस र जानुस भने यत्तिकैमा उनिहरु ममाथी झम्टिए ।´ उन्ले भने ।
११ जना युवाहरुले वासको चिर्पटले र मुक्का प्रहार गरेको पिडित होटल व्यवसायी कार्कीले वताए ।
प्रत्यक्षदर्शीका अनुसार कार्की होटल बाहिर गेट बन्द गर्न जाँदै थिए । गेटनिर नै उनिहरुले चिर्पटले हाने, मुक्का प्रहार गरे र लडाएर घाँटी न्याकेका थिए ।
होटलमा राखिएको सिसिटिभी फुटेजमा समेत उक्त झगडाको दृश्य कैद भएको छ । दृश्यमा पनि प्रत्यक्षदर्शीले भनेजस्तै कार्कीलाइ साङघातिक हमला भएको देखिएको छ ।
क्यामरामा कार्की उनिहरुवाट उम्किएर भाग्न खोजेका छन तर युवाहरुको अन्धाधुन्ध आक्रमणले उनी त्यही ढलेको देखिन्छ ।
आक्रमण गर्ने युवाहरु धनुषा क्षिरेस्वर नगरपालिकाका भन्ने थाहा पाएपछी रोशन जसोतसो उठेर प्रहरिको सरणमा पुगेका थिए ।
सुमोमा आएका उनिहरु सवैलाइ रोकेर पक्राउ गर्न नसकेतापनी इलाका प्रहरी कार्यालय वर्दिबासले उनिहरुमध्य ५ जनालाइ पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महेन्द्रनगर सखुवा वस्ने २२ वर्षको राघव ठाकुर, सोही ठाउँ वस्ने २४ बर्षिय मोजिम साफी, २१ बर्षिय धिरज गुप्ता र वडा न.६ वस्ने २३ बर्षिय अनिकेश साह छन ।
उनिहरु चारैजनालाई मादकपदार्थ सेवन गरेको अवस्थामा पक्राउ गरेको इलाका प्रहरि कार्यालय गौरिडाडाले जनाएको छ । अन्य ७ जनाको पनि पक्राउ परेकाहरुको वयानका आधारमा सनाखत भैइसकेको र अहिले उनिहरु फरार रहेको इलाका प्रहरी कार्यालयका कार्यालयले जानकारी दिएको छ ।
उनिहरुको खोजतलास भैइरहेको र छिट्टै पक्राउ गरेर अनुसन्धान प्रक्रिया अगाडि वढाउने प्रहरीको भनाइ छ ।
होटल तथा पर्यटन व्यवसायीहरुको भत्सर्ना
होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीले कार्कीमाथी भएको आक्रमणको गम्भीर ध्यानाकर्षण जनाएको छ ।
पर्यटन व्यवसायी संघ महोत्तरीका उपाध्यक्ष गोपाल कार्कीले अपराधीहरुलाइ पक्राउ गरि अविलम्ब कारवाही गर्नुपर्ने माग गरेका छन ।
त्यस्तै कार्कीमाथी नियतवस भएको घटना निन्दनिय र जघन्य अपराध भएको उल्लेख गर्दै होटल तथा पर्यटन व्यवसायी संघले बैठक वसेर बिज्ञप्ति समेत जारी गर्ने तयारी गरेको छ ।
होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष सुदिप कार्कीले आक्रमण गर्ने कसैलेपनी उनमुक्ती पाउन नहुने आफुहरुको अडान रहेको वताए ।
होटल तथा पर्यटन व्यवसायी संघ मधेश प्रदेशका अध्यक्ष हिरा गौतमले पनि घटनाको भर्त्सना गरेका छन । ज्यान मार्ने उदेश्यले गरेको उक्त घटनाका मतियारहरुलाई जसरीपनी कानुनी दायरामा ल्याउनुपर्ने उन्को भनाइ छ ।
उनिहरुलाइ उन्मुक्ती दिए होटल व्यवसायीहरुको सुरक्षामा गम्भीर प्रश्न चिन्ह खडा हुने भन्दै घटनामा सग्लनहरुलाइ कुनैपनी छुट हुन नसक्ने भन्दै दिपेन्द्र पराजुलीले आक्रोश ब्यक्त गरे ।
पिडित कार्कीको टाउको र घाटीमा चोट लागेको छ । बर्दिबासस्थित जनसेवा अस्पतालले टाउकोको उपचारको लागि काठमाण्डौ पठाउने तयारी गरेको छ ।