जनकपुरधाम- नेकपा एमालेको राजनीतिक सल्लाहकार समिति सदस्य नेपाली बाबा भनेर चिनिने गंगाराम यादव जनता समाजवादी पार्टी(जसपा)मा प्रवेश गरेका छन् ।
बिहीबार धनुषाको सहिदनगर नगरपालिका यादुकोहा स्थित जसपा अध्यक्ष उपेन्द्र यादवले उनलाई पार्टीमा स्वागत गरेका हुन् ।
शनिबार निर्वाचन क्षेत्र नम्बर २ का निर्वाचित सांसद तथा लोसपा नेता उमाशंकर अरगरिया एमाले प्रवेश गरे लगतै यादव सोमबार पार्टी त्याग गरेको घोषणा गरेका थिए ।



एमालेले यस क्षेत्रबाट अरगरियालाई टिकेट दिने शर्तमा पार्टीमा भित्र्याएपछि असन्तुष्ट बनेका नेता यादव जसपामा गरेका हुन्।
एमालेले उनको नाम यी क्षेत्रबाट एकल सिफारिस गरेको थियो । तर, सोही क्षेत्रमा अरगरिया एमाले प्रवेश गरेसँगै टिकट पाउने सम्भावना नदेखेपछि यादवले एमाले छोडेका हुन् ।
उनी ३० वर्षदेखि एमालेमा आबद्ध थिए । यादव यस क्षेत्रको प्रभावशाली नेता मानिन्छ । उनले जसपा प्रवेश गरे पछि पटकपटक आफू विरुद्ध षड्यन्त्र गरेको आरोप लगाए ।
यो क्षेत्रमा गठबन्धनबाट कांग्रेसले टिकट पाउने सम्भावना बढी छ । गत स्थानीय निर्वाचनमा यो क्षेत्रमा कांग्रेसले सबैभन्दा बढी मत ल्याएको छ।




