
महोत्तरीको औरही नगरापालिकाका नगर प्रमुख प्रदीप कुमार खड्काको अध्यक्षतामा आज बसेको बैठकले कार्यालयको प्रमुख प्रशासकीय अधिकृत (उप सचिव) सूर्य प्रसाद दाहाललाई नै निरन्तरता दिने निर्णय गरेको छ ।
निर्णयको पूर्ण पाठ
१) प्रस्ताव नं. १ माथि छलफल गर्दा यस औरही नगरापालिकामा प्रमुख प्रशासकीय अधिकृत हाजिर नभए सम्मको लागि विगत झण्डै ७ (सात) महिना देखि कार्यरत्त निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्दै आएका श्री धीरेन्द्र लाल कर्ण ( शाखा अधिकृत,शिक्षा, आठौं तह) ले पालिकाको योजना, नीति तथा कार्यक्रम कार्यान्वयन गर्न आलटाल गरेका नगरसभा तथा नगर कार्यपालिकाको हरेक निर्णय कार्यान्वयन गर्न असहयोग गरेका पालिकामा कार्यरत कर्मचारीहरुको मनोवल उच्च बनाई कार्य सम्पन्न गर्नु पर्नेमा कर्मचारीहरुको समेत मनोबल गिराई आफ्नो पदीय मर्यादा विपरित कामकाज गर्दै आएको हुँदा निजको स्थानमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालायमा अनुरोध गरी प्रमुख प्रशासकीय अधिकृत (उप सचिव) बहाल गराई नगरपालिका कार्यालयको दैनिक कामकाज चुस्त दुरुस्त हुन लागेको अवस्थामा पुन: निज निमित्त प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्र लाल कर्णलाई नै मन्त्रालयले यथावत कायम गरेको अवस्था हुँदा निजलाई प्र.प्र.अ.को रुपमा हाजिर गराउँदा सामान्य रुपले चलेको नगरपालिकाको कामकाज पुन विग्रन गई विभिन्न व्यवधान निम्तन सक्ने अवस्था हुँदा उप्रान्त शिक्षा अधिकृत श्री धीरेन्द्र लाल कर्णलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा यस पालिकाको कार्यालयमा हाजिर हुन नदिने, निज आफ्नो पदीय मर्यादा अनुसार शिक्षा अधिकृतको रुपमा कार्यालयमा रहे हाजिर गराउने र निजलाई शिक्षा शाखाको जिम्मेवारी मात्र दिन सकिने निर्णय गरियो । यस कार्यालयमा कार्यरत्त प्रमुख प्रशासकीय अधिकृत ( उप सचिव) सूर्य प्रसाद दाहालले रमाना मागेता पनि निजको स्थानमा अर्को उप सचिव हाजिर नभए सम्म निजलाई रमाना दिन नसकिने र सोही व्यहोरा खुलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबार काठमाण्डौंमा अनुरोध गरी पठाउने निर्णय गरियो । साथै यो निर्णयको जानकारी जिल्ला प्रशासन कार्यालय, को.ल.नि.का, तथा जि.स. स. मा समेत दिने निर्णय गरियो ।
२) प्रस्ताव नं.२ माथि छलफल गर्दा यस औरही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य प्रसाद दाहाल र लेखा अधिकृत श्री मनोज कुमार महरा तथा लेखापाल श्री विजय कुमार यादवको नामबाट सिटिजन्स बैंक लि. शाखा कार्यालय औरही, महोत्तरीमा खाता सञ्चालन भइरहेको हुँदा, कोष तथा लेखा नियन्त्रक कार्यालय, महोत्तरीको च.नं. ७८, मिति २०७९।०६।०९ गतेको पत्रबाट स्थगित गर्न अनुरोध गरी श्री धीरेन्द्र लाल कर्णको नामबाट खाता सञ्चालन गर्न बैंकको नाममा सिफारिस भै आएको देखिदा नगर कार्यपालिकाले इन्कार गरेको व्यक्ति श्री धीरेन्द्र लाल कर्णको नामबाट यस पालिकाको कुनै पनि बैंक खाता सञ्चालन नगर्न नगराउन तथा साविक बमोजिम प्रमुख प्रशासकीय अधिकृत श्री सूर्य प्रसाद दाहाल र लेखा अधिकृत र लेखापालको नामबाट कोष तथा लेखा नियन्त्रक कार्यालय, जलेश्वर महोत्तरी र सिटिजन्स ईन्टरनेशनल लि. औरही, महोत्तरीलाई अनुरोध गरी लेखि पठाउने निर्णय गरियो ।