घटनास्थलको फोटो
जनकपुरधाम । धनुषामा शनिबार साँझदेखि हराइरहेको एक महिलाको हत्या भएको छ । हंसपुर ७ की ५५ वर्षीया शुभदेवी मण्डलको हत्या भएको हो ।
सहिदनगर ४ ननुपट्टी (माइती) गएकी थिइन् । उनी शनिबार साँझ ७ बजदेखि सम्पर्कविहीन थिइन् । खोजतलासको क्रममा उनको शव आज बिहान सवा ९ बजेतिर गाउँनजिकै गहुँ खेतमा फेला परेको प्रहरीले जनाएको छ ।




मृतक मण्डलको शरीरको विभिन्न भागमा घाउचोट देखिएको छ । कसैले उनको हत्या गरेर खेतमा फालेको हुन सक्ने प्रहरीको आशंका छ ।घटनास्थलको तालिम प्राप्त कुकुरबाट अनुसन्धान हुँदैछ ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवा भन्छन्, ‘नयाँ वर्ष मनाउन माइती गएको र हराएपछि खोजी हुँदा शव भेटियो । शरीरमा चोटपटक देखियो । हत्या भएको देखिन्छ । अनुसन्धान भइरहेको छ ।’





