काठमाडौँ – कांग्रेस महामन्त्री गगन थापा काठमाडौँ–४ छाडेर सर्लाही –४ बाट उम्मेदवार बन्ने भएका छन्।
गठबन्धनबाट कांग्रेसको भागमा परेको सर्लाही–४ का लागि थापाले आइतबार मनोयन दर्ता गराउने उनका निकट केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले जानकारी दिए।
उनी सर्लाही ४ बाट एकल सिफारिस भएका थिए। त्यहाँ शेखर कोइराला पक्षका अमरेशकुमार सिंहलाई टिकट नदिन संस्थापन पक्षले चाहेको थिए।
त्यहीँ चाहनामा थापाले काठमाडौँ छाडेर सर्लाही जाने भएका हुन्। २०६४ सालमा समानुपातिकबाट सांसद बनेका थापा २०७० र २०७४ मा काठमाडौँ –४ बाटै निर्वाचित भएका थिए।
अमरेश कुमार सिंह लगातार तीन पटक देखि जित्दै आएको क्षेत्र हो सर्लाही ४ ।
सिंहले आफू कुनै हालतमा पनि चुनाव लड्ने नै बताएका छन् । उनले आफ्नो फेसबुक वालमा स्टाटस लेखेका छन् । " मेरो जन्मथलो र कर्मथलो रहेको सर्लाही -४ बाट भोलि जुनसुकै हालतमा पनि उम्मेदवारी दिनेछु। यहाँका जनताको सेवा र क्षेत्रको बिकासको काम लाई मैले अगाडि बढाउदै आएको छु र यसैलाइ निरंतरता दिन मेरो उम्मेदवारी हुनेछ ।"
यस्तो अवस्थामा काँग्रेस महामन्त्री गगन थापाको भविष्य अब सिंहको हातमा नै देखिएको छ।