
महोत्तरी- नेकपा एमाले मधेश प्रदेशले निर्वाचनलाई केन्द्रित गरि जिम्मेवारीमा हेरफेर गरेको छ ।
जिल्ला र प्रदेशमा हेरफेर गरिएको जिम्मेवारीमा केही नेताहरुले असन्तुष्टि जनाए तापनि सवै जिल्लामा समबन्धित नेतालाई पत्र पठाइसकेको नेकपा एमाले मधेश प्रदेशले जनाएको छ ।
जिल्लामा पठाएका पत्रमध्य महोत्तरीको क्षेत्र १ मा असन्तुष्टि चुलिएको छ । पाटीमा पुर्याएको योगदान र कार्यक्षमता हेरेर जिम्मेवारी दिएको दावी गरेतापनी असन्तुष्ट केही नेताहरुले त्यस्को बिरोध गरेका छन ।
क्षेत्र न.१ को क्षेत्रीय इन्चार्ज केदार बहादुर बस्नेतलाई दिइएको छ भने क र ख तर्फ क्रमशः चन्द्र बहादुर क्यापछाकी र शंकर महतोलाई तोकिएको छ ।
यसैगरी अखिल नेपाल महिला संघ मधेश प्रदेश प्रमुखमा सारदादेवी थापालाई दिएको छ । थापा क्षेत्र न.१ क वाट २०७४ को निर्वाचनमा प्रदेशसभामा निर्वाचित जनप्रतिनिधि हुन् ।
त्यस्तै उत्पीडित जातिय मुक्ती समाज मधेश प्रदेश प्रमुखमा सान्त परियारलाई मनोनित गरिएको छ, भानुभक्त पोखरेललाइ जन सास्कृतिक महासंघ मधेश प्रदेश प्रमुखमा, गोपाल प्रसाद बराललाइ प्रेस चौतारी नेपाल मधेश प्रदेश प्रमुखमा र गुन्ज खडकालाई सुकुम्बासी, भुमी अधिकार र श्रमिक संघको नेतृत्व दिइएको छ ।
प्रदेशवाट निर्णयभएसगैं सनिवार बेलुका प्रदेश अध्यक्ष राम औतार यादवले जिल्लाका एक/एक जना प्रतिनिधि बोलाएर पत्र हस्तान्तरण गरेका छन् ।