
बारा — बाराकाे अमलेखगन्ज स्थित ३ नम्बर पुल नजिक बस दुर्घटना हुँदा कम्तीमा १२ जनाकाे मृत्यु भएकाे छ भने २० जना गम्भीर घाइते छन् । मकवानपुरका एसपी वामदेव गौतमका अनुसार घाइतेहरुलाई उपचारका लागि हेटाैंडा लगिँदै छ । दुर्घटना मकवानपुर र बाराको सिमानामा भएको हो ।
नारायणगढबाट पथलैयातर्फ आउँदै गरेकाे ०६-००१ ख ०१० नम्बरकाे बस खाेलामा झरेकाे थियाे । बसमा ३५ देखि ४० जना यात्रु रहेको प्रहरीले बताएको छ । जितपुर सिमरा उपमहानगरपालिका २२अमलेखगञ्ज मा दुर्घटना भएकाे हाे ।
दुर्घटनास्थलबाट २५ जनालाई उद्धार गरी मकवानपुरको हेटौंडा अस्पतालमा पठाइएको छ ।
घटनामा ठूलो क्षति भएको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाराका एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।