
महोत्तरी। महोत्तरी क्षेत्र नं. ४ मा जनता समाजवादी पार्टीबाट फेरि डा. सुरेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
जसपा र एमाले गठबन्धनबाट उनले मनोनयन दर्ता गराएका हुन् । उनी सो क्षेत्रका प्रत्यक्ष निर्वाचित निवर्तमान सांसद हुन् ।
यस्तै विपक्षी गठबन्धन घटक एमालेबाट क्षेत्र ४ को (क) प्रदेशसभामा सरोज यादव र (ख) प्रदेशसभामा जसपाका सरोज सिंह कुशवाहाले उम्मेदवारी दर्ता गराएका छन् ।




