
काठमाडौँ — निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि ५ हजार ८८९ जनाको उम्मेदवारी परेको जनाएको छ ।
आयोगका अनुसार प्रतिनिधिसभाका लागि २ हजार ४८४ जना र प्रदेशसभाका लागि ३ हजार ४०५ जनाको उम्मेदवारी परेको छ।
निर्वाचन आयोगका अनुसार उक्त विवरण आइतबार राति ८: ४५ बजेसम्म मनोनयन दर्ता गर्नेहरूको हो । निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि आइतबार बिहान १० देखि अपराह्न ५ बजेसम्मको समय दिएको दिएको थियो ।
यस्तो छ उम्मेदवारी दर्ता गर्नेको सूची :
प्रतिनिधिसभातर्फ
प्रदेशसभातर्फ