
जनकपुरधाम- आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनुषाको क्षेत्र नम्बर ३ मा २१ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
धनुषा–३ मा सत्तारुढ गठबन्धनबाट लोसपा नेपालका अनिलकुमार झाले उम्मेदवारी दिएका छन् भने एमालेबाट जुलीकुमारी महतोले उम्मेदवार छिन् ।
सो क्षेत्रबाट राप्रपाका राम पदारथ मण्डल, नेमकिपाका राम हृदय साह तेली, जनमत पार्टीका शम्भुनाथ साह, राप्रपा नेपालका हुसैन कवारी, बहुजन एकता पार्टीका लक्ष्मी मण्डल खत्वे, नेपाल जनता पार्टीका पुनम चौधरी, इतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालका प्रविणा कुमारी ठाकुर र राष्ट्रिय स्वतन्त्र पार्टीका रञ्जित पँजियार उम्मेदवार छन् ।
सो क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिनेमा पुजा साह, सत्यनारायण शाह, वैदेही रमण ठाकुर, त्रिदेव कुमार मिश्र, मो। जसिम नदाफ, मात्रिका प्रसाद दास, श्याम किशोर साह, अरविन्दकुमार पासवान, अनिलकुमार यादव, अजयकुमार यादव, राजकुमार साह, उमेश साह, मिलनकुमारी साह, चन्द्रशेखर साह, शिलाकान्त झा, उमेश चौधरी, ज्योतिकुमारी साह, जीवन साह तेली, सुनिलकुमार कर्ण, अमरेन्द्र कण्ठ र कृष्णा यादव छन् ।