
राजविराज । राजविराज कारागारमा एक जना बलात्कार आराेपी मृत अवस्थामा भेटिएका छन् ।
बलात्कार मुद्दामा पुर्पक्षका लागि कारागार चलान गरिएका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ६ कदमाहाका १९ वर्षीय देबेन्द्र मण्डल मृत अवस्थामा भेटिएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी ढुन्डीराज नेउपानेले जानकारी दिए ।
उनका अनुसार उनी कारागारभित्रको शौचालयमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन ।
गत साउन १३ गते १५ बर्षीया बालिकालाई गत साउन १३ गते राति अपहरण गरी बलात्कार गरेको आरोपमा प्रहरीले साउन १७ गते पक्राउ गरि मुद्दा चलाएको थियो ।उनलाई भदौ ११ गतेदेखि पुर्पक्षका लागि कारागारमा पठाइएको थियो ।