
विरगंज- पर्साकी एक गर्भवतीले तिम्ल्याहा बच्चालाई जन्म दिएकी छिन् । वीरगञ्जको विर्ता स्थित नारायणी सेन्टरल अस्पतालमा पर्साको कालिकामाई गाउँपालिका–९ हरियरपुरकी कविता देवीले तिम्ल्याहा बच्चालाई जन्म दिएकी हुन्।
कविताले दुई छोरा र एक छोरीलाई जन्म दिएको अस्पतालका निर्देशक प्रा डा प्रमोदकुमार सर्राफले जानकारी दिए। उनले शल्यक्रिया मार्फत बच्चा जन्माउनुभएको हो ।
अस्पतालका स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. प्रियङ्का चौधरीले कविताको शल्यक्रिया गरेकी हुन् ।