
मिश्रा देवी कार्की
अहिले देश साँच्चिकै कठिन मोडमा आई पुगेको छ र जस्लाई हामीले नेता भनि देश जिम्मा लगाएको थियौं तिनिहरुनै यो देशको संकटका कारण भएका छन् । स्थिती यस्तो मोडमा ल्याएको छ की जुन मोडमा नेपाली जनताले हाथ उठाए भने मुलुक गृह युद्ध र विभाजनमा जाने संकेत निश्चित छ । प्रत्येक नेपाली जनताले आज आफ्नो दायित्व राम्ररी बुझेर आफुलाई मुलुकको अभिभावक ठान्नु पर्ने अवस्था श्रृजना भएको छ ।
म सम्पूर्ण नेपाली जनताहरुलाई यो देशमा शान्ति शुरक्षासंग संगैंं राजनीतिलाई दरिलो बनाउदै प्रत्येक जनताको घरमा खुशीसँगै समृद्धि ल्याउन सफलता मिलोस् भनि शुभकामना दिन चाहान्छु । मलाई विश्वास छ यो देशलाई अव फेरी स्थिर मजबुत र शुरक्षित बनाउन कसैले सक्छ भने त्यो नेपाली जनताले नै सक्छन् । वाकिको हाथबाट अव नियन्त्रणको डोरी छुटी बाहिर फुस्की सकेको देखिन्छ ।
आजको यो भ्रष्टचारले जेलिएको तनाव,जातिय ,क्षेत्रीय, भौगोलिक, झगडा एकैदिनमा आएको होइन । २०५२ देखि २०६२ दश बर्षे द्धन्द्ध संगैं २०६२/२०६३ को जनआन्दोलन पश्चात जुन जातियता क्षेत्रीयता र भौगोलिक विभाजनको कुरा अगाडी आयो, जसरी यि विभाजनहरुले देशबासीलाई धनी, समृद्ध र सुखी बनाउछ भनी जनतालाई भ्रम श्रृजना गर्ने काम भयो त्यसले नै आजको यो संकटको स्थिति निम्ताएको हो । सयौं बर्ष देखी शान्ती सुरक्षा र सार्वभौम भै आएको नेपाल आज यिनै कारणले द्वन्दको भूमरीमा पर्यो, यो पर्नुमा नेपाली जनता दोषी होइनन् राजनैतिकका नेतागणहरु नै बढी जिम्मेवार छन् ।
नेपालमा संघियता, जातियता, धर्म माथिको परिवर्तन ल्याउन आखिर कसको भुमिका थियो ? के ति नेता वा राजनैतिक दलहरुले यी कुरा उठाए पछि त्यसबाट उब्जने विसम परिस्थीती र नेपाली नेपाली विच उत्पन्न हुने द्वन्दका बारेमा बुझेका थिए वा केबल आफु र आफना पार्टीलाई अघिको व्यवस्था भन्दा फरक देखाउन र आफु अग्रपंक्तिमा रहन यो दुष्साहास गरेका थिए ? यो कुरो आज अलिकति त सबैले बुझी सकनु भएको छ भने अझै बिस्तृत रुपमा भविष्यले बताउला । यसको जवाफ गर्भमै रहेको छ र एकदिन यो कुराको जवाफ मिल्ला ।
देशमा गणतन्त्र आएपछि नेपालीहरुको जीवन माथि उठ्नेछ, त्यसपछि संघियता आएपछि त विकासको ढोका खुल्ने छ , अझ संविधाननै जारी भएपछि त मुलुकले काचुलीनै फेर्नेछ भन्ने नेताहरुको भनाई साचो देखिएन बरु यि कामहरु भै सक्दा झन नयाँ नयाँ समस्या नेताहरुके कारण अगाडी आएका छन् । अव चिन्ताको काुरा यो छ की जसले समस्या जन्माएका थिए ति अव जन्मेको समस्या समाधान गर्न सक्ने अवस्थामा छैनन् । ति आफै देश भित्रका भू भागमा गएर बोल्न सक्ने अवस्थामा पनि छैनन् । उनिहरु पदमा भए पनि देश उनिहरुको नियन्त्रणमा छैन । तराईको आन्दोलन सुरु भएपछि भातरतद्धारा नाकाबन्दी लगाउने हल्लाले पछि त देशबासी विचमै द्वन्दका स्थिति श्रृजना हुने अवस्था आएको थियो । अतः यस समयमा पनि नेपाली जनताले प्रत्येक घटनातर्फ शुक्ष्म विश्लेषण गरी अघी बड्नु पर्ने अवस्था थियो । त्यस बेलामा कुन नेताले कसरी आफूलाई प्रस्तुत गर्न सफल भएका थिए भनेर पनि हामी माझ छर्लङ्ग छ ।
अव नेताहरु फेसबुक टुवीटरबाट चिनिने व्यक्ति भन्दा पनि सडक, गाउँ र द्वन्द स्थलमा डटेका देखिने व्यक्ति (जनता) हुन आवश्यक छ । मलाई याद छ २०५२ देखि २०६२को द्धन्द्ध कालमा भएको बमकाण्ड, विद्युतिय धराप,अपहरण जस्ता घटनाहरु। जुन विद्यामान समयमा देशमा भएको शासन विरुद्ध यस्ता खालका गतिविधी भएका थिए ।
जहाँ परिवर्तन नारा घन्किन्थे । त्यतिवेला म माथी त्यसको झिल्को परी सकेको थियो । मेरो आधा शरीर डढी सकेको थियो । हिजो झिल्को छोडेर डढाउन सफल भएकाहरु नै आज सरकारमा रहेर अधिकार जमाएर डढेका जनतालाई विभिन्न तरीकाले डढाउन बहना बाजी गरी रहेका छन् ।
अव नेपाली जनताले आफ्नै र अरुका कल्याणका लागी पनि केही रणनीति बनाउन सक्नु पर्छ । यो समय साधारण छैन । नेपालमा कुनै पनि बेला शसस्त्र आन्दोलन फेरी चल्न सक्छ । जातियताका नारा भएको स्थानमा ठुलो काटमार हुन सक्छ । यस्ता अराजक स्थितिको पहिलो सिकार नै सोझा र निमुखा जनता हुनेछन् । यसरी जनता जनता विचमा लडाँई भएपछि देश नै अशुरक्षित हुनेछ । त्यो बेलामा सबै तिर अस्तव्यस्ता नहोला भन्न पनि सकिन्न ।
कति पय नेताहरुलाई देशको स्थिति र जनताकाको पिर मर्का भन्दा पनि कुर्सीको मोह बडी भएको देखिन्छ । कार्यपालिका ,व्यवस्थापिका र न्यायपालिकामा समेत आफनो प्रभुत्व जमाउन मिल्ने गरी च्यानाल फिट गर्न पछि परेनन । परिवारको श्रीवृद्धि गर्न भएभरका परिवारका सदस्यहरुलाई पदको भागबण्डा गरेर नियूक्ती दिएका छन । उनिहरुले यस कठिन समयलाई पनि आफ्ना फाईदा र बेफाईदामा हिसाब किताब गरिरहेका छन् । नेताहरु सजिलै पन्छिन सक्छन भने पल्टिन पनि सक्छन । आवश्यकता अनुसार दुश्मन संग पनि मिल्न सक्छन । तर जनताहरु देशको राजनीति भूमरीबाट बाहिर आउन र शान्ती, स्वतन्त्रता र अखण्डता छोडेर कतै जान सक्तैनन् । उनिहरुले अन्तीम अवस्था सम्म घर परिवारलाई जोगाउन र सके सम्म देश र जनतालाई शुरक्षति राख्न प्रयास गरीनै रहने छन ।
त्यस्तै परिक्षा दिने बेला आएको छ नेपाली जनतालाई अहिले । त्यसका लागी तयार हुन र तयारी गर्न सुरु गर्न जनताले बुझेर लाग्नु पर्छ । अहिले शान्ति शुरक्षा कायम गर्न जनचेतनाको ठुलो महत्व हुन सक्छ अत ः जनतहरुले गाउँ गाउँमा राज्यले गरेका राम्रा र नराम्ररा कुरा रेडियोबाट सन्देश मार्फत पुर्याउन सल्लाह दिनु पर्दछ । विभिन्न कलबहरु ग्ठन गरेर दवाव दिन सक्नु पर्छ । हालको स्थितिमा जनताहरु स्वयमले गर्नु पर्ने काम धेरै छन् तर सबैले चाहेर पनि गर्न सक्ने अवस्था छैन । किन की त्यस्को प्रत्यक्ष असर बेरोगारी बढनु नै हो ।
देशमा वर्षै पिच्छे बढने ऋणको कारण छटपटाई रहेका जनताहरुले कसरी हामी माथी ऋण बढयो भन्ने कुरालाई यथार्थमा गएर बुझन सक्नु पर्छ ।सधैं भरी हामी जनताले ऋण बोकेर नेताहरुलाई राज्यको ढुकुटीबाट पाली रहने हो भने यो देशमा जनताले खोजे जस्तो परिवर्तन कहिल्यै आउन सक्दैन । सबै राजनीतिकर्मीहरुले बेला बेलाम गित गाएर भिडमा हामीलाई उभ्याउने र परिवर्तनका नाममा पाउने फल पनि उनिहरुले मात्रै खाने अहिले वर्तमान अवस्थाबाट हामी सधैं ग्रसित भएर जीवन जिउनु पर्ने पनि पक्का छ । अब यस्तो गम्भिर र जटिल पस्थितीबाट कसरी छुटकारा पाउने भन्ने कुराको जवाफ पनि स्वयम हामी जनतामा नै छ । कसको कामले देश यस्तो अवस्थामा अडेको छ भनेर बुझन जरुरी भै सकेकोछ ।
अब पनि हामी जनताले यो कुरा बुभन सकेनौं भने देशमा राजनीतिले निकास पाउन कठिन नै हुने कुरा सत्य छ । आगामि मंसिर ४ मा हुने संघिय निर्वाचनमा यस्तो वेथिति र विकृतिले जेलिएको रानजीतिबाट निकास पाउन तपाई हामी सबै मिलेर निकास निकाल्ने तर्फ तयार हुनु पर्नेछ । अब पनि हामीले आफनो मष्तिकमा चेतना जगाउन सकेनौ भने शान्तिको सास फेर्ने कहिले त ? तयसैले देशमा भौतिक भन्दा पनि मानविय संवेदनशीलताको पक्षमा विकास गर्न सक्ने सक्षम नव युवाहरुलाई आफनो मत दिएर सदनमा पुरयाउन सबैले ध्यान दिऔं ।
राजनीतिक निकास गर्नका लागि खोक्रो भाषण सुनेर ,नेतृत्वको दिग्भ्रमित पार्ने कुरालाई चिरफार गर्न नसकी हात जोडेर उनीहरुकै पछाडी बसेर भिड लागियो भने चाँही राजनीतिक अपराधिकरणलाई संरक्षण गर्न र गराउन नै मदत पुग्ने हुँदा अब सोच र भोट बदल्दै घरमा आरा मगर्ने व्यक्तिालाई साच्चै नै आराम दिन तपाई हामी तयार भयौं भने चाँहि राजनिितकले निकास पाउने छ ।त्यसको लागि सबैलाई सफलता मिलोस् । शुभकामना ।