
वर्दिवास- रिक्सा चालक देखी विभिन्न प्रकारका मजदुरी गरेको हुनाले जन्ताको समस्यालाइ नजिकवाट अनुभुत गरेको स्वतन्त्र उम्मेदवार राजन ढुंगानाको भनाइ छ ।
महोत्तरी क्षेत्र न.१ क वाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका ढुंगानाले राजनिती शुद्धिकरण र जन्ताको मनोभावनाअनुसार काम गर्ने उम्मेदवार नभएको हुनाले पनी उम्मेदवार दिएको दावी गरे ।
अझैपनी जन्ताका आधारभुत आवस्यक्ता जस्ताको तस्तै रहेको वताउदै ढुंगानाले भने :` जन्ताको समस्या के हो भन्ने कुरा मैले गहिराइमा गएर अनुभुत गरेको छु ।´

बिगतमा पनि जन्ताको पक्षमा काम गरेको वताउदै जन्ताको अपेक्षाअनुसार नै आफ्नो उम्मेदवारी भएको ढुंगानाको जिकिर छ ।
प्रदेशसभामा आफू निर्वाचित भएपछी हरेक सर्वसाधारणले सरकारको महसुस गर्न पाउने वताउदै उन्ले समृद्ध र उज्यालो भबिष्य निर्माणमा आफू सधै जन्ताको नोकर वन्ने बिस्वास दिलाए ।
निर्वाचन आयोगवाट लाल्टिन चुनाव चिन्ह पाएका ढुंगानाले जन्ताले ४ मंसिरमा सही निर्णय गर्नेमा आफू बिस्वस्त रहेको वताए ।
जन्ताको एक मतले भाग्य र भबिष्यको फैसला गर्न सक्ने वताउदै जनजनले दिएको मतलाइ बिकाश र समृद्धिमा बदल्ने उन्ले प्रतिज्ञा गरे ।