
महोत्तरी(औरही)- महाेत्तरीकाे गौशालामा अटाे रिक्सा दुर्घटना हुदा ७ जना घाइते भएको छ। गौशाला नगरपालिका ३ नवराजपुर नजिक आँप बगौचा अगाडी अटो दुर्घटना भएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।
विहिवार साँझ गौशाला नगरपालिकाबाट सवारी बोकेर हिडेकाे ज १ ह १५०८ नम्बरको अटो रिक्सा अनियांत्रित भएर रोकिरहेको ज १ ज ३९३ नम्बरको भ्यानमा ठक्कर दिदा दुर्घटना भएको हाे साे दुर्घटना परि गौशाला नगरपालिका ३ का ठगनी देवी वर्ष ३५ , गौशाला नगरपालिका ४ का गायत्री देवी वर्ष ६०, औरही नगरपालिका १ का फुलकुमारी वर्ष ५०, औरही नगरपालिका १ का बिष्णुदेव यादव वर्ष ७०,रामगोपालपुर नगरपालिका ९ का रासो देवी वर्ष ४५, रामगोपालपुर नगरपालिका ९ का राजकली देवी वर्ष ५०, औरही नगरपालिका २ का मन्जु सदा वर्ष ५०र गौशाला नगरपालिका ३ का राजकुमारी देवी वर्ष ३० का घाइते भएका छन्।
दुर्घटना हुनुको मुख्य कारण घुमाउरो बाटोमा ट्राफिकले चेक जाँच गरिरहेको हुनाले भएको अटोमा सवार घाईते सवारीहरुले बताएका छन ।
सिधा बाटोमा गाडी रोकेर ट्राफिकले चेक जाँच गरेको भए दुर्घटना हुने थिएन । सातै जना सामान्य घाईते भएका छन ।घाईतेहरुको उपचार गौशाला नगरपालिका ५ स्थित रहेको बि.के हेल्थमा उपचार भईरहेकाे छ।
अटो रिक्सा र चालक ईलाका प्रहरी कार्यालयकाे नियन्त्रणमा रहेका छन ।