महोत्तरी(औरही) – महोत्तरीको गौशालामा चिठ्ठा नियम पुर्वक रुपमा नखोलेपछि सत्य लक्की ड्र (चिट्ठा) संचालक माथि पब्लिक आक्रोशित भई आक्रमण गरेका छन् । आइतबार गौशाला -४ स्थित कभर्ड हलमा राखिएको सत्य लक्की ड्रको चिठ्ठा अन्तर्गत पर्ने सामानहरु पब्लिकले लुटपाट गरेर लगेका छन् ।

जो संग सत्य लक्की ड्र को टिकट छ, उनीहरु उपहार लिनबाट बन्चित भएपछि पब्लिकले इलाका प्रहरी कार्यालय गौशाला घेराउ गरेका छन् । करिब १ महिना अगाडी देखि गौशाला नगरपालिका ४ मा संचालित सत्य लक्की ड्र ले दशैँ , तिहार तथा छठ पर्वको अवसरमा बम्पर उपहार योजना ल्याएका थिए । जसमा प्रति व्यक्ति प्रति टिकट २ सय ५१ रुपैयाँ टिकट दस्तुर तोकिएको थियो । जुन व्यक्तिहरुले टिकट कटाए उनीहरुले आज योजना अनुरुप सत्य लक्की ड्र ले चिठ्ठा नियमपुर्वक नखोले पछि पब्लिक आक्रोशित भएका हुन् ।




सत्य लक्की ड्र ले टिकटमा उल्लेख गरिएका प्रत्येक लक्की नम्बरमा उपहार पर्ने जनाएको थियो । उपहारहरुमा मोटरसाइकल ,फ्रिज,साइकल ,टेबल पंखा ,घडी ,कुर्सि ,एलईडी टिभी ,दराज ,कुकर ,मोबाइल आदि सामग्रीहरु उपलब्ध गराइने उल्लेख गरिएको थियो । तर आज उपहार लिने दिनमा टिकट भएका पब्लिक रित्तो फर्किने पर्ने अवस्था सिर्जना भएको छ। पब्लिकको पैसा संकलन गर्ने झुटा जालमा फसाएर सत्य लक्की ड्र ले जनसमुदायलाई उल्लु बनाउने प्रयास गरेको एक लक्की ड्र खरिद गरेका व्यक्तिले बताए । कबर्ड हल देखि जिरो माइल सम्म हजारौ मानिस जम्मा भइ विरोधमा उत्रिएका थिए ।

जनसमुदायलाई रोक्नको लागि प्रहरी परिचालन गरिएको थियो । करिब १२ हजार पब्लिकले टिकट कटाएको आयोजक गौशाला -४ निवासी लालबाबु साहले बताए । आयोजकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पब्लिकको पैसा फिर्ता गर्ने र आयोजकमाथि मुद्धा चलाउने इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रंजन मिश्रले बताए ।







