महोत्तरीको सोनमा गाउपालिकामा एकजनालाई बाढीले बगाउँदा मृत्यु भएको छ।
महाेत्तरी प्रहरीका अनुसार सोनमा गाउँपालिका १ निवासी ३८ वर्षीय जाबिर अंसारीलाई नदी पार गर्ने क्रम मा नदी ले बगाएर मृत्यु भएको हो ।



सोनमा १ स्थित मरहा नदी तरने क्रम मा नदी मा आएको बाढ़ी ले बगाएको जिल्ला प्रहरी कार्यालय महोत्तरी का प्रवक्ता डीएसपी दिलीप कुमार गिरी ले बताए ।
उनको शब नेपाली सीमा बाट ४ किलोमीटर भित्र भारतीय क्षेत्र मा रहेको मझौरा मा फेला परेको छ ।
आफन्तले शव सनाखत गरिसकेको र शव नेपाल ल्याउने प्रक्रिया चलिरहेको उनले बताए ।




