जनकपुरधाम- मधेश प्रदेशका स्वास्थ्य जनसंख्यमन्त्री विरेन्द्र प्रसाद सिंहले मधेशको स्वास्थ्य सेवा सुधार गर्नका लागि प्रदेश सरकार लागी परेको बताउनु भएको छ ।

मन्त्री सिंहले गैरअवासीय नेपाली संघले जनकपुरधाम उपमहानगरपालिका मार्फत नेपाल रेडक्रस धनुषा शाखालाई आज मोवाईल ब्लड वैंकको सुविधा सहित वस सेवा हस्तान्तरण गर्दै कार्यक्रममा बोल्दै सो कुरा बताउनु भएको हो ।




उहाँले मधेश प्रदेशको राजधानीमा रहेको प्रादेशिक अस्पतालको सेवा तथा सुविधाको विस्तारका लागि सरकार लागी परेको बताउदै जनताको पक्षमा सेवा दिने चिकित्सकलाई सम्मान तथा नगर्नेलाई दण्डित गर्ने नीति बनाउन लागेको बताउनु भयो ।
स्वास्थ्यमन्त्री सिंहले प्रदेश भरिमा स्वास्थ्य सेवा विस्तार गर्दै भौतिकपूर्वाधारको निर्माण संगै जनशक्ति तथा उपकरणको व्यवस्थापनमा लागी परेको बताउनु भयो ।

एहाले प्रादेशिक अस्पतालमा रहेको विचौलीयालाई आफूले नै पक्राउँ गरेर प्रहरीलाई बुझाएको तर प्रहरीले केही घण्टामा नै छाड्ने काम गरेकाले यसले प्रदेशको स्वास्थ्य सेवा सुधार गर्नका लागि चुनौति भएको बताउनु भयो ।

सभापतिको आसनवाट बोल्दै जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले मधेश प्रदेशमा स्वास्थ्य सेवामा संघीयताको अनुभूति भएको बताउदै प्रदेश कर्मचारी समायोजन ऐन ल्याई दिनका लागि आग्रह गर्नु भयो ।

देश बाहिर बस्ने नेपालीहरुको संस्था गैर आवासीय नेपाली संघले हस्तान्तरण गरेको एक सुविधान सम्पन्न आधुनिक रक्त संकलन गर्ने एम्बुलेन्स बसमा रक्त संकलन गर्ने आधुनिक आरामदायी बेड, रक्त सुरिक्षत राख्ने फ्रिज र वातानुकुलित वातावरण सहितको सुविधाका साथै बसको छाना माथी आवश्यक परेका वेला लगाउन मिल्ने टेन्ट छानो समेत जडान गरिएको छ । सो अवसरमा एनआरएनएका अध्यक्ष डा. बद्री केसी, उपाध्यक्ष डा. हेमराज शर्मा, महिला उपाध्यक्ष रोजिना प्रधान राय सहितका पदाधिकारीहरुको उपस्थिती थियो ।
एनआरएनएका अनुसार बागमती, गण्डकी, सुदुरपश्चित र कोशीमा यस्तै भ्यान हस्तान्तरण गरिसकिएको छ भने वाँकी प्रदेशहरुमा पनि छिटै प्रदान गरिने छ ।




