
जनकपुरधाम- सिरहामा छाठ पर्वको केरा बोकेको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।
बिहिबार बिहान ५ बजे सिरहाको कल्याणपुर नगरपालिकास्थित नवकटोल र प्रचिलबा सडक खण्डमा ना अ प अ ११० नम्बरको ट्याक्टर दुर्घटना भएको मिर्चैया प्रहरीले जनाएको छ । ट्याक्टर छठ पर्वको केरा लिएर भन्टाबारी बाट आउदै थिए।

स्थानीयका अनुसार लगातार रातभरि कयौँ घन्टादेखि ट्याक्टर चलाएको निद्राको कारण दुर्घटना भएको छ ।
दुर्घटनामा परी सिरहाको कल्याणपुर नगरपालिका ४ महुलिया निवासी २६ बर्षीय चालक महेश यादव र कल्याणपुर नगरपालिका ११ निवासी ५२ बर्षीय व्यपारि दुखीया साहको ज्यान गएको प्रहरीले जनाएको छ।