
जनकपुरधाम- गएको २४ घण्टामा देशका १३ स्थानमा आगलागी भएको छ। घटनामा तीन जना घाइते भएका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
काठमाडौंका तीन स्थानसहित सप्तरी, उदयपुर, दाङ, नुवाकोट, कैलाी, कञ्चनपुर, बाजुरा, उदयपुर, महोत्तरी, कपिलवस्तु र मोरङका एक एक स्थानमा आगलागी भएको हो। प्राधिकरणका अनुसार सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका बनरझुल्लामा आगलागी हुँदा निभाउने क्रममा ३५ वर्षीय युवक घाइते भएका छन्। यस्तै, महोत्तरीको गौशाला नगरपालिकास्थित कवाडका सामान राखेको स्थानमा आगलागी हुँदा एक पुरुष घाइते भएका छन्।
यसैगरी मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित एक घरमा ग्यास विस्फोट भइ आगलागी हुँदा एक जना पुरुष घाइते भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ। तिहारका अवसरमा गरिने दिपावली र दियोबाट कतिपय स्थानमा आगो सल्किने गरेको देखिन्छ।