
महोत्तरी(औरही) - महोत्तरीमामाेटर साइकल ठक्करबाट एक महिलाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय गाैशलाले जनाए अनुसार मृत्यु हुनेमा सोनमा गाउँपालिका ७ सुन्दरपुर बस्ने ५० वर्षीया फेकनी देवी यादव रहेको छ।
गौशाला नगरपालिकाबाट सोनमा गाउँपालिका तर्फ जाँदै गरेको ज ११प ९० नम्बरको मोटरसाईकलले सोनमा गाउँपालिका ७ सुन्दरपुरमा खेत बाट घाँस लिएर आउदै गरेकी फेकनी देवीलाई ठक्कर दिदा गम्भीर घाइते भएकी थिइन् ।
उनलाई उपचारका लागि जनकपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक सोनमा गाउँपालिका ६ मगरथना बस्ने १६ वर्षीय बालक बिकास कुमार साह रहेको छ। मोटरसाईकल र चालक प्रहरीको नियन्त्रणमा रहेको छ।