
महोत्तरी- भंगाहा नगरपालिका वडा नं. ८ स्थित पररियामा झडप पश्चात लगाइएको कर्फ्यु शुक्रवार राती देखि हटाइने भएको छ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीले आज एक सूचना जारी गर्दै हाल शान्ति सुरक्षाको स्थितिमा सुधार आएको हुँदा कर्फ्यु हटाउने जानकारी दिएको छ।
प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जनाए अनुसार शान्ति सुरक्षा कायम गर्न सो क्षेत्रमा कार्तिक १० गते ४ बजेदेखि स्थानीय प्रशासनले ऐन. २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यू आदेश जारी गरिएकोमा हाल शान्ति सुरक्षाको स्थितिमा सुधार आई सामान्यिकरण भएको देखिएकोले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) को उपदफा ५ बमोजिम आज राति १० बजे देखि लागु हुने गरी कर्फ्यू हटाईएको व्यहोरा सर्वसाधारण सबैमा जानकारीको लागि सुचित गरिएको छ।
