
जनकपुरधाम- धनुषामा मोटरसाइकल दुर्घटनामा परि एकजनाको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाले जनाए अनुसार दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक युवकको ज्यान गएको हो ।
मृत्यु हुनेमा विदेह नगरपालिका वडा नम्बर-७ बस्ने १८ वर्षीय रितेशकुमार यादव रहेको प्रहरीले जनाएको छ।
विदेह नगरपालिकास्थित तिनकौरियाबाट लग्मा तर्फ जाँदै गरेको प्रदेश २-०२-००५ प ५३८१ नम्बरको मोटरसाइकल र लग्माबाट आउँदै गरेको स१०प ७९७५ नम्बरको मोटरसाइकल सघाडा स्थित हुलाकी सडक खण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका यादवको जनकपुरधाम स्थित एक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।