महोत्तरी। जनमत पार्टी महोत्तरीका ६ जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन ।
सरकारले किसानहरुको माग नसुनेको भन्दै पुर्व-पश्चिम राजमार्ग बन्द गर्ने उदेश्यले आन्दोलनमा उत्रेका ६ जना नेता कार्यकर्तालाइ बर्दिवासकाे रातुपुलबाट पक्राउ गरिएकाे इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।
पक्राउ पर्नेमा जिल्ला उपाध्यक्ष मकसुधन महतो सहित जिल्लाको विभिन्न पालीकाको नेतृत्व गरेर आएका ६ जना कार्यकर्ता अहिले भर्खरै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय वर्दिवासका प्रमुख बिरेन्द्र थापाले जानकारी दिए ।
अन्य पक्राउ पर्नेमा पिपरा गाउँपालिकाका धिरेन्द्र साह, बर्दिबास-६ का बिनोद कुमार महतो, बलवा नगरपालिका वडा न.६ का वडा अध्यक्ष नारायण साह, पिपरा गाउँपालिका अजित कुमार ठाकुर, गौशाला नगरपालिका वडा न.१ का वडा अध्यक्ष बिरेन्द्र महतो रहेका छन ।
किसानको आन्दोलनलाइ निस्तेज बनाइएको भन्दै प्रदेश सरकारलाइ दवाव दिने उदेश्यले राजमार्ग ठप्प बनाउने कार्यक्रम रहेपनी खासै असर देखिएको छैन ।
यात्रुहरुलाइ कुनै सास्ती नहोस भन्ने उदेश्यले सुरक्षाकर्मीहरु बिहानैदेखी सडकमा तैनाथ गरिएको थियो ।