सुजाता राई
धकुटा / सहिदभूमि । समुदायको संस्कृति, भाषा र पहिचान जोगाउने यात्रामा आज एक अभुतपूर्व क्षणले खोकु पिप्लेलाई भावनाले भरिएको थिए। स्वर्गीय शिक्षक तथा समाजसेवी हर्क ध्वज राईद्वारा जीवनभर संकलित ‘बान्तावा शब्दावली’ कृति, किराँत राई बान्तावा खिम सहिदभूमि गाउँ कार्यसमितिको आयोजनामा, बुधबार पिप्लेमा परिवार, शिक्षक, स्थानीय अगुवाहरूसँगै लोकार्पण गरिएको छ।

लोकार्पणमा सभाध्यक्ष- श्री पञ्च कृष्ण मा.बि का प्रधानाध्यापक होम ब.राई प्रमुख अतिथि -स्थानीय सरकार प्रमुख मनोज राई र विशिष्ट अतिथि बंगला राई, चन्द्र धोज राई, प्रोफेसर डक्टर टंक न्यौपाने, निराजन राई- धरान महेन्द्र क्याम्पसको सह प्र.अ.तथा भाषाविद, इच्छापूर्ण राई- धनकुटा बहुमुखी क्याम्पसको सह प्र.अ.र भाषाविद, विशेष अतिथि- जिल्लाबाट आमन्त्रित आनन्द सन्तोषीलाई निवर्तमान केन्द्रीय जनजाति महासंघ अध्यक्ष अस्मिता राई यायोखा केन्द्रीय सचिव उद्धव राई यायोखा जिल्ला अध्यक्ष तिलक राई बौद्धिक सामाजिक अभियन्ता,पृथसिंह दाहाल पुर्व श्रोत व्यक्ति तथा समाजसेवीको उपस्थित रहेको थियो।
कार्यक्रमलाई अझ स्मरणीय बनाएको पक्ष के थियो भने—
उक्त पुस्तकमा आत्मीयता, मेहनत र संकलनको कथा बोकेर बसेका हर्क ध्वज राई स्वयंको भतिजी, पत्रकार सुजाता राई यस कार्यक्रमको रिपोर्टिङका लागि विशेष रूपमा उपस्थित थिइन्।
काकाको जीवनभऱि समाज, शिक्षा र संस्कृतिमा अर्पण गरेको योगदान सार्वजनिक रुपमा सुनिँदा, सुजाता राई मात्र होइन, उपस्थित सम्पूर्ण परिवार र सहभागीहरू भित्रभित्रै भावुक बनेका दृश्यहरू खुलेर देखिन्थे।
स्वर्गीय राई केवल शिक्षक मात्र थिएनन्— जि.सु.मा.बि का भवन निर्माण र रेडक्रसका निसुल्का जग्गादाता, संस्कृतिक संरक्षक, र समुदायका आदर्श अभिभावक पनि थिए।

उनको जीवनसाथी श्रीमती बंगला राई, छोरा अशेष राई, भाइ चन्द्रध्वज राई,भाउजू- बैकान्छी राई, भतिजो- इच्छराम राई,मोहन राई,अशिम राई,प्रेम ब.राई भतिजी धन कु. राई लगायत छिमेकी,आफन्त,साथिभाइ र संस्कृतिसेवी, गाउँ प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको उक्त लोकार्पण कार्यक्रमले ‘शब्द मात्र होइन, अस्तित्वको पहिचान जोगाउने संकल्प’ बोकेको थियो र बिमोचनमा स्थानिय बिद्यालयका बिद्यार्थीहरुले आमन्त्रित पाहुनाहरुलाई सुन्दर नृत्यले स्वागत गरे । स्वागत मन्तव्य सहिद भूमि बान्तावा खिमको कोषाध्यक्ष सुलुकमन राईले गरेका थिए भने कार्यक्रम सञ्चालन अर्जुन राईको थियो।





