औरही,महोत्तरी । हिन्दु धर्मावलम्बीहरुको महान चाड छठ नजिकदैँ गर्दा बाँसको चोयाबाट बनाईएको टोकरी,नाङलो लगायतका समाग्रीहरु उपभोक्ता सम्म पुरयाउनन भ्याई नभ्याई छ, यहाँका डोम समुदायका विक्रेतालाई ।
औरही नगरपालिका वडा नम्बर १ का ईन्दल मल्लिक र जितेन्द्र मलिक आफ्ना परिवारका सबै सदस्यहरुसँग डालो,नाङ्लो,टपरी लगायतको सामग्री बनाउन दिनभरि व्यस्त देखिन्छन् ।दिनानुदिन छठ पर्व मनाउनेहरुको सख्या बृद्धि हुँदै जाँदा बासको चोयाबाट बनाएको ती समाग्रीहर सबैलाई पुरयाउन सकस भएको मल्लिक बताउँछन् । मल्लिक मुसुक्क मुस्कान दिदैँ भने ‘व्यपार राम्रो भईरहेको छ । यसपालि राम्रो आम्दानी गर्नुको साथै छोराछोरीको भविष्यका लागि आर्थिक बचत पनि गरेको छु ।’
आम्दानीको स्रोत नै बंगुर पालन र बासको सामाग्री बनाएर बेचनु रहेको बताउँदै मल्लिकले भने ‘पुष्तौ पुष्ता देखि यहीँ पेशाबाट सबै पारिवार गुजरा गर्दै आएको छु ।’ गुठीको जग्गामा घर बाहेक अरु केही आँफुसंग नभएको मल्लिकले बताए ।उनेले भने ‘एउटा बाँसको अहिले बजारमा रु.दुई सय पच्चीस देखि तीन सयसम्म पर्छ । त्यस बाहेक अरु केही खर्च लागदैनन्, सामाग्री तैयार पार्न । तीन सयको खर्चमा राम्ररी मेहिनेत गरे १ हजार देखि १५ सय सम्म कमाउन सकिन्छ ।’मल्लिकले आफ्ना समुदायका व्यक्तिहरुले बनाएका समाग्रीहरु बेच्न विभिन्न बजार र छुटाछुट्टै गाँउ छुट्टइएको बताए । उनले ती समाग्रीहरु बेचेर आफुहरुले चाड पर्वको बेला गाँउका साउ महाजनबाट पनि अलिकती आम्दानी हुनेगरेको बताउँछन् ।
प्राथमिक शिक्षा सम्म अध्ययन गरेका जितेन्द्र मलिकले घरको आर्थिक स्थिती कमजोर रहेकाले छोरा लाई पनि प्राथमिक शिक्षा सम्म मात्र पढाउन सकेको दुखेसो पोखे । तर उनी छोरी लाई सकेसम्म पढाउने आँट गरेका छन् ।