महोत्तरी- औरही नगरपालिका वडा न.७ स्थित श्री सोनामाई मन्दिर स्थानलाई आकर्षक बनाउ स्थानीय सरकार पहल थालेका छ्न्।
वडा न.७ भोईलमा रहेका सोनामाई शक्ति पिठको साैन्दर्यकरण गरि पर्यटिय स्थल बनाउनकाे लागि वडा न.७ का वडा अध्यक्ष जितेन्द्र यादवले आफ्नो प्रयास थालेका हुन्।



साेहि क्रममा अध्यक्ष यादवले बिकासमुखी योजना प्रदेशबाट ल्याई काम थालेका छ्न्। अहिले मन्दिरको प्राङ्गणमा केहि व्यक्तिहरुले जग्गा कब्जा गरि बनाएका घर, टहरा,छाप्रो हटाउन ३ दिने सूचना दिई स्थानीय वासी , ईलाका प्रहरीको रोहवरमा भत्काईएको छ।
स्थानीय वासी तलेवर मण्डल र शिवजी मण्डलको भनाई अनुसार वडा अध्यक्षले गर्न लागेको काम सराहनीय छ।




