
रौतहट - रौतहट जिल्लामा गोली प्रहार गरि एक जनाको हत्या भएको छ! गोली प्रहार बाट स्थानीय देबाही गोनाही वडा नम्बर १ निवासी ७० वर्षीय शेख तैयाबको मृत्यु भएको हो ।घर देखी १ किलोमिटर दक्षिणमा रहेको मन्दिर नजिक बाटोमा गोली हानी हत्या गरिएको अवस्थामा बिहिवार बिहान शब भेटिएको मृतकका छोरा शेख असलमले बताएका छन् ।
गाउकै मजहर आलम भन्ने मोगले आलमले पुरानो रिस इबीको कारण घटना घटाएको आरोप लगाएका छन् । २ महिना देखी धम्कि दिदै आएकोले हत्या आलमले नै गराएको दावी मृतकका छोरा असलमको रहेछ ।
२०७९ फाल्गुन १५ मा मृतक नाति शेख रिजवानको छोरा शेख रेहान र आरोपित मोगले आलमको छोरी प्रेम गरि घर बाट भागेको र भागेको १० दिन पछि केटी ईलाका प्रहरी कार्यालय गरुडामा हाजिर भै केटाको समर्थनमा ब्यान दिएको बताए! केटा अहिले सम्म फरार नै रहेको छ ।छलफल पछि केटीलाइ बुबाको जिम्मा दिएपछि केटीले दिएको उल्टो ब्यानको आधारमा अपहरण तथा जवर्दस्ती करणी मुद्दा रोक्सना खातुन, शेख रेहान र शेख नजबुल्लाह भन्ने मुना माथि दर्ता भै जेष्ठ ९ गते रौतहट जिल्ला अदालत बाट १ लाख धरौटीमा खातुन रिहा भएको राती नै गोली हानी हत्या गरेकोले हत्यामा आलमको संलग्नता रहेको पुस्टि भै रहेको मृतकका छोरा अब्दुल कलाम भन्ने प्रवेज आलमले बताए ।
बुबाको हत्यामा करुनिया निवासी राशिद अलिका छोरा प्रवेज अन्जुम, शेख तावारक, बिशुनी पटेल, रामबाबु र जयनगर निवासी मोगले आलमको भिनाजु नाता पर्ने शेख बिगनको संलग्नता रहेको आरोप मृतकका छोरा प्रवेज आलमको रहेको छ ।घटना हुनु भन्दा पहिला राती १२ बजेको समयमा फटाका पड्काइएको र गोली चलेको अवाज सुनिएको मृतकका भतिजो शेख इमताफले बताए ।
सो बेला देवाही गोनाही प्रहरी चौकीका प्रहरी समेत उपस्थित रहेको सुनाउदै सोधपुछ गर्दा भोली थाह हुने स्थानीय खोजवा देवान प्रहरीलाइ बताएको सुनाए ।घटनाको सम्बन्धमा थप अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।