
विराटनगर — मोरङ र झापाको सिमानामा पर्ने मावा खोलामा छठ हेर्न गएका एक युवकको आफ्नै साथीको छुरा प्रहारबाट मृ त्यु भएको प्रहरीले जनाएको छ ।
श्रेष्ठलाई पुरानो रिसइबीका कारण उनकै साथीले छुरा प्रहार गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।
झापा दमक नगरपालिका १० का १४ वर्षीय दियुष श्रेष्ठलाई मावा खोलामा आइतबार राति छठको रमाइलो हेर्ने क्रममा उनकै साथीले छुरा प्रहार गरेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान छ ।
आफ्नै साथीसँग खोलाको घाटमा छठको रमाइलो हर्ने क्रममा श्रेष्ठलाई भीडभाडमा राति साढे १० बजे छुरा प्रहार भएको र उनकै साथीले उर्लावारीको गोदावारी हस्पिटलमा उपचारका लागि ल्याएको र त्यहाँ उपचार हुन नसकेर बिर्तामोडको बीएन्डसी अस्पताल पुर्याएपछि उपचारका क्रममा उनको मृत्यु भएको पाइएको मोरङ प्रहरी प्रवक्ता डीएसपी दिपक श्रेष्ठले बताए ।
घटनापछि मृतककै ५ जना साथीलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । डीएसपी श्रेष्ठले भने साथीहरूले नै भीडभाडमा छुरा प्रहार गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको बताए ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले मृतकका साथी उर्लावारी ६ बस्ने सरोज बस्नेत, सन्देश खवास, सपन खत्री, मन्जिल माझी र विकास तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरू सबै १६ देखि १७ वर्षका रहेको पनि प्रहरीले बताएको छ ।