जनकपुरधाम- धनुषा निर्वाचन क्षेत्र नंं ४ को प्रतिनिधिसभा सदस्यमा काँग्रेस र एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।
गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली काँग्रेसका सह महामन्त्री महेन्द्र यादव र नेकपा एमालेका सचिव रघुवीर महासेठबीच कडा प्रतिस्पर्धा हुने भएको हो ।
काँग्रेससहित, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका साथ पाउनुभएका नेपाली काँग्रेसका सह महामन्त्री यादव र नेकपा एमालेका तर्फबाट एक्लै उम्मेदवार बन्नुभएका एमालेका सचिव महासेठले कडा टक्कर दिनुहुने देखिएको छ ।
धनुषा निर्वाचन क्षेत्र नंं ४ मा एमाले र जनता समाजवादी पार्टी नेपालले मित्रवत् प्रतिस्पर्धा गरिरहेका छन् । जनता समाजवादी पार्टीका तर्फबाट महाजन यादव पनि प्रतिस्पर्धामा हुनुहुन्छ ।