
जनकपुरधाम- मधेस प्रदेशका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले मंसीर ४ गते हुने निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्नको लागि आवश्यक सबै तयारी पुरा गर्न निर्वाचन कार्यालय जुटीसकेको बताउनुभयो ।
निर्वाचन कार्यालय मधेस प्रदेश जनकपुरधाम र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयले आज जनकपुरधाममा आयोजना गरेको स्वच्छ , निष्पक्ष तथा भयरहित निर्वाचनका लागि सरोकारवालाको भुमिका र प्रतिबद्धता विषयक अन्तरसम्बाद कार्यक्रममा मुख्य निर्वाचन अधिकृत प्याकुरेलले धनुषामा निष्पक्ष, भयरहित तथा स्वतन्त्रता पूर्वक निर्वाचन सम्पन्न गर्नका लागि कार्यालयले सरोकारवाला निकायसँग निरन्तर गृह कार्यमा रहेको बताउनुभयो ।
उहाँले निर्वाचन शान्तिपूणर् तथा निष्पक्ष बनाउनको लागि सम्बन्धीत सबै क्षेत्र र सरोबालाहरुलाई परेको आवश्यक सहयोग गर्न समेत आग्रह गर्नुभयो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले निष्पक्ष तथा भयरहित रुपमा निर्वाचन सम्पन्न गर्नका लागि सुरक्षा निकाय गम्भीर भएर लागेको बताउँदै भारतीय नम्बर प्लेटको गाडी तथा शंकास्पद व्यक्तिलाई प्रचार प्रसारमा अवरोध गर्ने काम भएको बताउनुभयो ।
राष्ट्रिय मानव अधिकार आयोगको प्रादेशिक कार्यालयका जनकपुरधामका प्रमुख मञ्जु खतिवडाले निर्वाचनलाई निष्पक्ष तथा भयरहित रुपमा सम्पन्न गर्दै मानव अधिकारको अधिकतम ख्याल गरेर मतदान केन्द्रको व्यवस्थापन हुनुपर्ने धारणा राख्नुभयो ।
नेपाल प्रहरीका संघीय इकाईका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक ध्रुवराज राउतले निर्वाचनलाई शान्तिपूणर् रुपमा सम्पन्न गर्नका लागि नेपाल प्रहरी पूणर् प्रतिबद्ध रहेको बताउनुभयो ।
इन्सेक मधेश प्रदेशका संयोजक राजु पासवानले कार्यपत्र प्रस्तुत गर्दै निर्वाचनमा बालबालिकाको प्रयोग तथा भोज भतेर गर्ने क्रम बढेकोमा चिन्ता व्यक्त गर्दै यसमा कमी ल्याउन आवश्यक भएको बताउनुभयो ।
कार्यक्रमका सहभागीहरूले चुनावलाई शान्तिपूणर् तथा भयरहित रुपमा सम्पन्न गर्नका लागि भएको सुरक्षा थ्रेटप्रति सरोकारवाला निकायहरू गम्भीर भएर मतदान सम्मको अवधिमा सहज वातावरण बनाउनेतर्फ सजग रहन आवश्यक भएका औँल्याउनुभयो ।
वक्ताहरूले खास गरेर मतदान केन्द्रहरूलाई अपाङ्ग तथा ज्येष्ठ नागरिक मैत्री बनाउनेतर्फ गम्भीर रहन जरुरी रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा सहभागी भएका अन्य वक्ताहरूले ग्रामीण क्षेत्रमा भारतीय नम्बर प्लेटका सवारी साधन तथा भारतीय व्यक्तिहरू पनि प्रचार प्रसारमा संलग्न भएकाले नियन्त्रणमा लिनका लागि सुझाव दिएका थिए ।
यसैगरी, सहभागीहरूले निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गर्नका लागि १ हजार तथा पाँच सय दरको नोट चलन चल्तीमा केही दिनका लागि रोक लगाउनुपर्ने सुझाव सुझाव दिएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ धनुषाका उपाध्यक्ष अबधेश कामत, महिला अधिकारकर्मी सुभद्रा आले, नेपाल वार एशोसिएशनका जनकपुरधामका पूर्व अध्यक्ष किशोरी साह सहितका वक्ताहरूले विभिन्न राय सुझावहरू दिनुभएको थियो ।