
विशाल बस्नेत/महोत्तरी
महोत्तरी बर्दिबास कि ६० बर्षिय मनमायालाई पनि ४ मंसिरको निर्वाचनको बिषयमा निक्कै चासो छ । निर्वाचन क्षेत्र-१ कि उनलाई चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवार मध्य कमैलाई मात्र चिन्छिन् ।
यसै क्षेत्रमा मात्र एक दर्जनभन्दा बढी प्रतिनिधिसभाका उम्मेदवार छन् भने त्यत्तिकै संख्यामा प्रदेससभाका पनि छन् । तर मनमायाले प्रतिनिधिसभाका उम्मेदवार मध्य माओवादी केन्द्रका गिरिराजमणी पोखरेललाई मात्र चिनेकी छन ।
३ पटक यसै क्षेत्रमा जित्दै आएका पोखरेलको यो चौथो पटक हो । २०६४ देखि लगातार निर्वाचित हुँदै आएको हुनाले पनि पोखरेललाइ मनमायाले नजिकवाट चिनेकी हुन । `अन्य नेताको तुलनामा उनी निक्कै बौद्धिक र बिकासप्रेमी नेता हुन ।´ मनमायाले भनिन ।
पोखरेलका मुख्य प्रतिस्पर्धी नेकपा एमालेका लक्ष्मी महतो हुन । तर मनमायाले यसपाली पोखरेललाइ नै जिताउने लक्ष्य लिएकी छन । उनी भन्छिन : ` म बुढीले पनि नेताज्यूले गरेको कामको महसुस गरेकी छु ।´
स्वास्थ्यमन्त्री र सिक्षामन्त्री समेत वनिसकेका नेता पोखरेलको उम्मेदवारीलाई महोत्तरी क्षेत्र न.१ महत्वपूर्ण ढङगले हेरिएको छ ।
पोखरेलको कस्तो अवस्था छ ?
२०६४ सालदेखी यसै क्षेत्रवाट निर्वाचित हुँदै आएका नेता पोखरेल अहिलेपनी अन्य उम्मेदवारको तुलनामा निक्कै राम्रो माहोल भएको स्थानियहरु वताउछन ।
अघिल्लो निर्वाचनका प्रतिस्पर्धी लक्ष्मी महतो नै अहिले यस क्षेत्रमा मुख्य प्रतिस्पर्धीकोरुपमा हेरिएको छ ।
तत्कालिन संघिय समाजवादी फोरमवाट उम्मेदवार वनेका महतोलाइ गिरिराजमणी पोखरेले ४ हजार २ सय ८४ मतको फराकिलो मतान्तरले पराजित गरेका थिए । अर्थात पोखरेलले २३ हजार ७ सय ७६ मत ल्याएका थिए भने निकटतम प्रतिद्वन्द्वी महतोले १९ हजार ४ सय ९२ मत प्राप्त गरेका थिए ।
अहिले उनै महतोलाइ मनोनयनको अघिल्लो रात एमालेले प्रवेश गराएर पोखरेलसगंको प्रतिस्पर्धामा उतारेको छ ।
निर्वाचन क्षेत्र न.१ मा ३ वटा नगरपालिका पर्दछन जसमध्य बर्दिबास नगरपालिकाको १३ वटा वडा, गौशाला नगरपालिकाको १२ वटा वडा र भंगाहा नगरपालिकाको ४ वटा वडा यस क्षेत्रमा पर्दछन ।
स्थानिय तहको मतलाई जोडघटाउ गर्ने हो भनेपनी गठबन्धन नै बलियो छ । बर्दिबास नगरपालिकामा काङ्ग्रेसवाट वागी वनेका प्रल्हाद क्षेत्री, गौशाला नगरपालिकावाट जसपाका दिपेन्द्र महतो र भंगाहा नगरपालिकावाट लोसपाका सन्जिव साह निर्वाचित भएका थिए यदपी वडामा निर्वाचित वडा अध्यक्ष र कार्यापालिका सदस्य भने गठबन्धनका नै बढी छन् ।
सत्ता गठबन्धन इत्तरको मुख्य प्रतिस्पर्धी मानिएको नेकपा एमालेलाइ जसपाको पनि साथ छ भने गठबन्धनभित्र लोसपासहित ५ दल छन । स्थानिय तहको मतलाइ नै आधार मान्ने हो भने पनि सत्ता गठबन्धनको मत नेकपा एमाले र जसपाको भन्दा झण्डै ११ हजारले बढी छ । यस कारण पनि गिरिराजमणी पोखरेलको सहज जित भएको नेताहरु वताउछन ।
गौशाला नगरपालिकाको ७ वटा वडामा जसपाले जितेको थियो भने नेकपा एमालेले कुनैपनी वडा जित्न सकेन । बर्दिबास नगरपालिकामा काङ्ग्रेसवाट वागी वनेका प्रल्हाद कुमार क्षेत्रीले जितेका थिए । यो पालिकामा पनि सत्ता गठबन्धन इत्तर जसपा र एमाले कमजोर छ । जसपाले बर्दिबासमा एउटा पनि वडा जितेको छैन भने नेकपा एमालेले ३ वटा वडामा जित हासिल गरेको थियो । यता भंगाहा नगरपालिकामा भने ४ वडा पर्दछन । बर्दिबास नगरपालिका त संगठनिक हिसावले यसैपनी माओवादी केन्द्रको बलियो पकड छ । उम्मेदवार समेत अन्य दलको तुलनामा अव्वल भएको हुनाले जित निश्यत निर्बिकल्प भएको मतदाताहरु वताउछन ।
मनोनयनको अघिल्लो रातमात्र एमाले प्रवेश गरेर टिकट लिएका लक्ष्मी महतोको कारण नेकपा एमालेका कतिपय नेता तथा कार्यकर्ताहरुमा खासै उत्साह छैन ।
अन्य उम्मेदवारको तुलनामा पोखरेलको निक्कै चर्चा छ । एक पटक स्वास्थ्यमन्त्री र शिक्षा, बिज्ञान तथा प्रबिधी मन्त्री समेत वनिसकेका पोखरेलको हेभिवेट नै क्षेत्र न.१ को बिकासको लागी भरोसा वन्दै गएको छ ।
यसैपनी पोखरेलले ३ कार्याकालमा मतदाताको अपेक्षालाइ निरास वनाउनेगरि काम गरेका छैनन । जिल्लाको उत्तरवर्ती क्षेत्रमा पर्ने बर्दिबास नगरपालिका विकट वस्ति खयरमारामा प्रावधिक सिक्षालय वनाउनेदेखी गौशाला नगरपालिकामा आयुबेर्दिक विध्यालय खोल्न समेत पोखरेलको निक्कै ठूलो भुमिका छ ।
अहिले बर्दिबास नगरपालिका शैक्षिक हव वनेको छ भने देशैभरीका ४७ जिल्लाका विध्यार्थीहरु अध्यण गर्ने उपयुक्त गन्तव्यस्थल वनेको छ ।
यता पोखरेलले पनि निर्वाचन जित्ने आधार पुरानो काम मात्र हैन नया योजना र नवीन सोच भएको वताउदै आएका छन ।