
बर्दिवास- महोत्तरी क्षेत्र न.१ का गठबन्धनका साझा उम्मेदवार गिरिराजमणी पोखरेलले महोत्तरीको चुरे पहाडमा रहेको राय मण्डललाई पर्यटकिय क्षेत्रकोरुपमा बिकास गरिने वताएका छन ।
पर्यटकिय सम्भावना बोकेको रायमण्डलमा निर्वाचनपछी तत्काल समभाव्यता अध्यण गरिने उन्को भनाइ छ ।
बर्दिबासको उच्च ठाउँमा रहेको उक्त राय मण्डललाई पर्यटन बिकास गरि स्थानियहरुलाइ आर्थिक समृद्धिसगं जोडने योजनालाइ नेता पोखरेलले अगाडि सारेका हुन ।
मण्दिरहरुको सौन्दर्यकरण देखी मलेनिया पोखरी, निगौल ठाकुर पोखरीसम्मको संरक्षण गरि पर्यटन विकासको एउटा आधार तयार गर्ने योजनालाई पोखरेलले प्राथमिकतामा राखेका छन ।
खयरमारा, गौरिवास, माइस्थानमा चुरे पर्यटन सडक निर्माणमा पहल गरिने देखि पर्यटन बिकासका आकर्षल गुरुयोजनाहरु प्रतिबद्धतामा समावेश गरिएको छ ।