
महोत्तरी - तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट उम्मेदवार रहेका भण्डारीलाई २०७४ को निर्वाचनमा यस क्षेत्रका जनताले भारी मतले प्रतिनिधिसभा सदस्यमा विजयी गराएका थिए । फोरम सम्मिलित मधेशी गठबन्धनका उम्मेदवार रहेका उनी १६ हजार ७४८ मतान्तर ले विजयी भएका थिए ।
त्यसबेला भण्डारीले ३० हजार ७२२ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस नेतृ किरण यादव १३ हजार ९७४ मतमा सीमित भएकी थिइन् । माओवादी केन्द्रका कासिम नदाफले भने ३ हजार ७३२ मत ल्याएका थिए । अरू उम्मेदवारले एक हजार मत कटाउन सकेका थिएनन् । त्यतिबेला मधेश आन्दोलनको रापताप थियो । यसपटक भण्डारी सत्ता गठबन्धन लोसपाबाट चुनावी मैदानमा छन् । उनको प्रतिस्पर्धा विपक्षी गठबन्धन एमालेका डा. रामपरीक्षण यादवसँग हुने आकलन छ ।
जनमत पार्टीबाट उमेशकुमार यादव, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले महोत्तरी २ को विगतको अंकगणित शरतसिंहको अवस्था बलियो खबर दर्पण समाचारदाता कार्तिक २३ गते, महेन्द्रनगर शिवचन्दर यादव, तमलोपा डा. विजय सिंह, नेपाल संघीय समाजवादी पार्टी प्रदीपकुमार यादव, जनजागरण पार्टी नेपाल विश्वनाथ पासवान, राष्ट्रिय स्वतन्त्र पार्टी पवनकुमार झा उम्मेदवार छन् ।
यस बाहेक अरू ९ जना स्वतन्त्र उम्मेदवार पनि चुनावी मैदानमा छन् । तर अहिले पनि मतदातामाझ भण्डारीलाई टक्कर दिने नेता चुनावी मैदानमा नरहेको चर्चा हुने गरेको छ । सत्ता गठबन्धनको हिसाबले भण्डारी फेरि पनि बलिया उम्मेदवार रहेको र ाजनीतिक वृत्तमा चर्चा छ ।
तर विपक्षी उम्मेदवार रामपरीक्षण यादव जित निकाल्न कस्सिएर लागेका छन् ।
गत वैशाख ३० गते भएको स्थानीय तह चुनावमा यस क्षेत्रका वडाअध्यक्षहरूले पाएको मतको आधारमा लोसपा पहिलो शक्ति देखिन्छ । लोसपाले १७ हजार ५७७ मत पाएको छ भने दोस्रोमा कांग्रेसले १६ हजार ९३८, तेस्रोमा जसपाले ८ हजार ५३२, चौथोमा एमालेले ७ हजार ५७ मत पाएको निर्वाचन आयोगको तथ्यांकमा छ ।
यस्तै क्रमशः माओवादी केन्द्रले ६ हजार ५०६, जनमत पार्टीले ३ हजार ४२५, तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) ले २ हजार ६४ र एकीकृत समाजवादीले १ हजार १९६ मत पाएका छन् ।