
जनकपुरधाम- आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कुल मतदाता संख्या १ करोड ७९ लाख ८८ हजार ५७० रहेको छ ।
निर्वाचन आयोगले जनाए अनुसार कुल मतदातामा ८८ लाख ४७ हजार ५७९ जना महिला, ९१ लाख ४० हजार ८०६ जना पुरुष र १८५ जना अन्य रहेका छन् ।
फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गरेका र २०७९ साउन १९ गतेभित्र मतदाता नामावलीमा नाम दर्ता गरी आगामी मंसिर ३ गतेसम्ममा १८ वर्ष उमेर पूरा हुनेहरुको नाम अन्तिम नामावलीमा समावेश गरिएको आयोगले जनाएको छ । तपाइको आफ्नो नाम मतदाता नामावली छ कि छैन हेर्नको लागि यहाँ क्लिक गरेर हेर्नुहोस् ।
यो लिंकमा गएर आफ्नो प्रदेश, जिल्ला, वडा नम्बर र मतदान स्थलको विवरण छानेपछि त्यस क्षेत्रमा भएका सबै मतदाताहरुको विवरण देखिन्छ । त्यहाँ आफ्नो नाम छानेपछि विवरणमा जन्ममिति र नागरिकता नम्बर राखेपछि मतदाता नामावलीमा भएको सबै विवरण हेर्न सकिन्छ ।
यो तलको लिंकमा लगइन गरेर आफ्नो मतदाता नामावली हेर्नुहोस् ।